दुर्गेश थापाको लाइभ कन्सर्ट हायातमा हुँदै, टिकट खल्ती वा आइएमई पे बाट लिन सकिने
काठमाडौँ । ‘दुश्मन हेरेको हेरई’ ‘रातो रातो खुर्सानी पिरो छ’ ‘बिचबिचमा’ र अनेकौँ सुपर हिट गीत दिएका दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुँदै छ । यही वैशाख १८, २०८२ (मे १, २०२५) , हायात ग्राउन्ड बौद्ध मा हुन गइरहेको उक्त कन्सर्टको टिकट नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइएमई पे जुन कुनै प्लेटफर्मबाट लिन सकिन्छ।
आयोजक ट्राइएङल इन्क सँग साझेदारी गर्दै खल्ती र आइएमई पे’ले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ । एक भाइब नै मानिएका थापा आफ्नो ऊर्जा र आकर्षक प्रस्तुति का लागि परिचित छन् जसका कारण हेर्न आउने दर्शकहरूलाई भरपुर मनोरञ्जन हुने कुरामा विश्वस्त रहेको कुरा साझेदारहरू बताउँछन्।
थापाको साथसाथै उक्त कन्सर्टमा अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरूको पनि प्रस्तुति रहनेछ।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने: “ अनेकौँ राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारका कन्सर्ट पछि अहिलेका लोकप्रिय कलाकार दुर्गेश थापाको यस सो’मा टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ। खल्तीलाई एक इनाेभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उद्देश्यलाई यस्तो किसिमको सहकार्यहरूले थप साथ दिने कुरामा हामी आशावादी छौँ। हामीले प्रयोगकर्ताहरूलाई सहज र विना झन्झट तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढी भन्दा बढी प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ र यस प्रस्तुतिमा रमाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।”
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
