Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २१
बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी

मुम्बई । विक्की कौशल, रश्मिका मन्डन्ना र अक्षय खन्नाको पिरियड ड्रामा  ‘छावा’ ४८ दिनको लामो यात्रापछि अहिले थकित हुदैँ गएको छ । बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भएको यो फिल्मको कमाई बुधबार भने थप घटेको छ ।

यो चलचित्रले विगत तीन दिनदेखि लाखौंको व्यापार गरिरहे पनि अहिले यसलाई उठाउन मुस्किल परेको छ । तर, देशमा ६ सय करोड कमाउन अझै ५ करोड रुपैयाँ टाढा छ । तर, अहिले यसले विश्वव्यापी कमाई ८०० करोड नाघेको छ ।

लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘छावा’ को सफलता जादु भन्दा कम छैन । यो फिल्मले महाराष्ट्र मास सर्किटको आधारमा कमाईको पहाड नै बनाएको छ । १३० करोडको बजेटमा बनेको यो फिल्मले ४८ दिनमा हिन्दी र तेलुगुसहित देशभर ५९५.३० करोडको नेट कलेक्सन गरेको छ । तर, ‘स्त्री २’ लाई उछिन्दै अहिलेसम्म हिन्दीमा सबैभन्दा बढी कमाउने बलिउड फिल्म बन्न भने अझै सकेको छैन । ‘स्त्री २’ ले ५९७.९९ करोडको व्यापार गरेको थियो । जहाँ हिन्दीमा ‘छावा’ ले अहिलेसम्म ५७९.४३ करोडको व्यापार गरेको छ ।

‘छावा’ ले बुधबार रिलिज भएको ४८औं दिनमा देशभर ४१ लाख रुपैयाँ कलेक्सन गरेको सकनिल्कले जनाएको छ । जसमध्ये हिन्दीबाट ४० लाख र तेलुगु संस्करणबाट १ लाख रुपैयाँ कमाएको थियो। यसअघि मंगलबार ४७ औँ दिन ५४ लाख र सोमबार ८९ लाखको कारोबार गरेको थियो ।

अहिले ‘छावा’ ले बक्स अफिसमा आफ्नो प्रभाव गुमाउँदै लगेको छ । तर, यसो हुदाँ पनि यसले विश्वव्यापी कमाईमा भने ८०० करोड रुपैयाँको कोसेढुङ्गा पार गरिसकेको छ । तर रोचक कुरा के छ भने फिल्मले विदेशमा ९१ करोड २० करोड मात्रै कमाउन सकेको छ ।

Top Changing Nepal

युट्युब सट्स