प्रिमियम एक्स्पेङ जी ६ अब १४.९९ लाखमा : न्यूनतम डाउन पेमेन्ट साथ अरु थुप्रै अफर
काठमाडौं । अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ । ग्राहकहरूले अब १४.९९ लाख रुपैयाँ डाउन पेमेन्ट मै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी ६ घर लैजान सक्नेछन् । ६.५५% ब्याजदर ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद गर्न सहज बनाएको बताइएको छ ।
यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरीहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज र निःशुल्क बीमा समेत समावेश छ, जसले एक्सपेङ जी सिक्सलाई विद्युतीय गाडीको उत्तम विकल्प बनाउने कम्पनीको दाबी छ ।
पाँचतारे सुरक्षा रेटिङ प्राप्त एक्स्पेङ जी ६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताले गर्द विश्वभर धेरैले मन पराएको गाडी बनेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुले सजिलै अब एक्स्पेङको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यात्राको सजिलै अनुभव गर्न सक्नेछन् । यस अफरका साथ एक्स्पेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ।
थप जानकारीका लागि ९७०७०९४१८५ मा सम्पर्क गर्न आवहान गरिएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
