रौतहट प्रिमियर लिगः जनकपुर बोल्ट्सका कप्तान अनिल साहले गरुडा टिमबाट खेल्ने
रौतहट । नेपाल क्रिकेट टिमका पूर्व सदस्य तथा नेपाल प्रिमियर लिग ( एनपीएल) का पहिलो संस्करण प्रतियोगिताको विजेता टिम जनकपुर बोल्ट्सका कप्तान अनिल साह लगायतका खेलाडीहरु गरुडा टिमको लागी खेल्ने भएका छन्।
रौतहटको सदरमुकाम गौरस्थित राइसमिलको मैदानमा यही चैत २६ गतेदेखि सुरु हुन लागेको रौतहट प्रिमियर लिग (RPL) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्टसका कप्तान अनिल साह लगायतका खेलाडीहरु गरुडा टिमका लागि खेल्ने सहमती भएको हो।
शनिवार रौतहटको मध्यभाग गरुडा स्थित भएको छलफलमा बोल्ट्सका कप्तान अनिल साह, रवि साह, तिर्थराज, भुलावन सहनी र अरनिको यादव तराई टाइगर गरुडा क्रिकेट टिममा आबद्ध भएर खेल्ने सहमति भएको हाे । दुई पक्षिय सहमति पछी गरुडा स्थित एक बिशेष कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई भव्य स्वागत गरिएको थियो।
गरुडा टिमका मालिक जयसवाल ट्रेडिङ कनसर्नका प्रोप्राइटर शैलेश जयसवाल र ओम ब्रुअरी प्रा. लि.का प्रोप्राइटर आकाश प्रकाश जयसवाल लगायतले खेलाडीहरु लाई फूलको माला र खादा ओढाएर सम्मान गरेका थिए।
यस पटकको रौतहट प्रिमियर लिगको टाइटल स्पोन्सर ओम ब्रुअरी प्रा. लि. रहेको छ भने प्रतियोगितालाई पशुपति ट्रेड लिंक (श्याम जेनरल सप्लायर्स, गरुडाका प्रोप्राइटर राम बचन साह, सारस ब्रेब्बेज प्रा. लि. (रेडबुल), ओम इन्टरप्राइजेज, गरुडाका प्रोप्राइटर उमाशंकर जयसवाल, जान्वी मानवी कोल्ड स्टोर, गरुडाका प्रोप्राइटर अशोक चौधरी र नमस्ते डेण्टल क्लिनिक, गरुडाका डाक्टर रजनेश चौधरी प्रमुख प्रायोजकका रूपमा रहेका छन्।
रौतहट प्रिमियर लिगको आयोजनाले स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय खेलाडीहरूका साथ खेल्ने अवसर दिलाउने उद्देश्य रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा जिल्लाको १८ वटै पालिकाका क्रिकेट टिमहरू बिच प्रतिस्प्रधा हुने गर्दछ
सम्बन्धित समाचार
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

