स्काईवेल ईभी खरिद गर्दा युरोप घुम्ने मौका
काठमाडौं । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेल ड्राईभ गर्ने ग्राहकहरुलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ ।
‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई स्काईवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् । स्काईवेल विई११ तथा स्काईवेल ईटी५ खरिद गर्दा ग्राहक जोडीलाई नै युरोप भ्रमणमा लैजाने कम्पनीले जनाएको छ ।
स्काईवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो । युरोपेली सुरक्षा मापदण्डअनुसार बनेको स्काईवेल विई११ ले सिएनक्याप क्र्यास टेस्टमा फाईभ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गर्न सफल भईसकेको छ, त्यसैगरी चिनबाट निर्मित ईभीमा ईयु सर्टिाफकेशन प्राप्त गर्ने पाहलो प्रडक्ट पनी हो ।
अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेको स्काईवेल नेपालमा उपलब्ध एक रियल इभी एसयुभी हो । काठमाडौंबाट नेपालको कुनै पनि गन्तब्यमा सिंगल चार्जमा सजिलै पुग्न साकने स्काईवेलले दिने ६२० किलो मिटरको रेन्जले स्काईवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो । उच्च स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाईनिज इभी विरलै पाईन्छन् । जसमा स्काईवेलले भने बाजी मारेको छ । युरोपेली मूलुकहरुमा स्काईवेलले राम्रो सफलता हात पारेको छ ।
यो दावी गरिरहँदा यसलाई यथार्थमा पुिष्ट गर्न र ग्राहकलाई आफ्ना सवारीसाधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरयन्स गराउने उदेश्यका साथ स्काईवेलको आयातकर्ता जि.मोटर्स प्रा.लि.ले यो विशेष योजना ल्याएको बताएको छ।
‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ता जोडीले युरोपमै गएर स्काईवेल ड्राईभको मौका प्राप्त गर्नेछन् । साथै, सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राईभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन ।
यसका लागि ग्राहकले आफूले स्काइवेल टेष्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा सेयर गरी ह्यासट्याग टेष्ट ड्राइभ स्काइवेल (#TestDriveSkywell), ह्यासट्याग स्काइवेल ड्राइभ नेपाल टु युरोप (#DriveSkywellNepalToEurope) लेख्नु पर्नेछ । यसरी टेष्ट ड्राइभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले (१ महिला र १ पुरुष टेष्ट ड्राइभ) समेत युरोप भ्रमणको अवसर पाउने छन् । साथै, युरोपमै स्काइवेल ड्राइभको मौका समेत पाउने छन् ।
नेपाली बजामार उपलब्ध स्काईवेलको ईटी५ लङ्र रेन्ज भेरियन्ट हो, जसको विक्री मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, विई११ को मूल्य ७९ लाख ९० हजार र ८९लाख ९० हजार पर्छ । विई ११ ४१० र ५२० किलोमिटर रेन्जमा उपलब्ध छ । स्काईवेलका यि दुवै मोडल फुल साईज एसयुभी हुन् ।
नेपालमा स्काइवेलका गाडीहरू नक्साल, राधेराधे, विराटनगर, इँटहरी, चितवन र पोखराबाट बिक्री हुँदै आएका छन् भने भक्तपुरको राधेराधे र इँटहरीमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा छन् ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
