डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छानो खस्दा मृत्यु हुने ७९ पुगे
काठमाडौं । डोमिनिकन रिपब्लिकमा मंगलबार राति भएको भयानक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबको छाना अचानक भत्किँदा ७९ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।
दुर्घटना हुँदा क्लबमा ५ सयदेखि १ हजार मानिस उपस्थित रहेका थिए । छत खस्ने बित्तिकै त्यहाँ अराजकता मच्चियो र धेरै मानिसहरु भग्नावशेषमा पुरिएका छन्, जसको खोजी कार्य अझै जारी रहेको छ । उद्धार कार्य जारी छ र घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। राहत टोलीहरू अविरल भग्नावशेष हटाउन र फसेका मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन्।
आपतकालीन अपरेसन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले भग्नावशेषमुनि अझै पनि धेरै मानिस जीवितै रहेको विश्वास गरेको बताएका छन् । उनले भने, ‘हामी सबैलाई सकुशल बाहिर नआएसम्म प्रयास जारी राख्नेछौं ।’ मेन्डेजले अहिलेसम्म ७९ जनाको मृत्यु भएको पुष्टि भएको बताए ।
मारिनेमा मोन्टेक्रिस्टीका गभर्नर नेल्सी क्रुज पनि रहेको अधिकारीहरूले बताएका छन् । यसबाहेक पूर्व मेजर लिग बेसबल खेलाडी अक्टाभियो डोटेलको दुर्घटनामा मृत्यु भएको छ । चर्चित गायक रुबी पेरेज नाइट क्लबमा कार्यक्रम गर्दै गर्दा दुर्घटना भएको हो । सोमबार र मंगलबार राति १२ बजेतिर कन्सर्ट सुरु भएको र करिब एक घण्टापछि नाइट क्लबको छाना खसेको उनीहरुका प्रबन्धक एनरिके पाउलिनोले बताए ।
यस दुर्घटनामा गायिका रुबी पेरेजको पनि मृत्यु भएको छ । प्रबन्धक पाउलिनोले भने, ‘यो सबै अचानक भयो। सुरुमा भूकम्प गएजस्तो लाग्थ्यो। मैले कुनै किसिमले एउटा कुनामा गएर ज्यान जोगाएँ।’ दुर्घटनापछि पाउलिनोको शर्ट रगतले लतपतिएको थियो । डोमिनिकन रिपब्लिकका राष्ट्रपति लुइस अबिनाडरले नाइट क्लब घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

