बलुचिस्तानमा फेरि भेटियो सुन र तामाको विशाल भण्डार, मुल्य नै १ ट्रिलियन अनुमान
बलुचिस्तान । पाकिस्तानको नेशनल रिसोर्सेस लिमिटेडले बलुचिस्तानको चगाई जिल्लामा सुन र तामाको ठूलो भण्डार फेला परेको पुष्टि गरेको छ। पछिल्ला १८ महिनामा कम्पनीले ५०० वर्ग किलोमिटर क्षेत्रको अन्वेषण गरेको थियो, जसमा १६ सम्भावित खानी स्थल पहिचान गरिएको जनाएको हो ।
यो क्षेत्र रेकोडिक, सनकजस्ता खानीका लागि पनि प्रसिद्ध छ । तर, अहिले नयाँ विष्कारले विश्वव्यापी लगानीकर्तालाई आकर्षित गरेको छ । यसले यस क्षेत्रको आर्थिक अवस्था बलियो बनाउन मद्दत गर्ने जनाइएको छ ।
रेको डिक माइन संसारको सबैभन्दा ठूलो परियोजनाहरू मध्ये एक हो। यो परियोजना बलुचिस्तानको चगाईमा सुरु भएको हो। नयाँ खोज अनुसार कम्पनीले थप ५ अर्ब ९ करोड टन फेला पारेको छ । यसको अनुमानित मूल्य ५०० बिलियन देखि १ ट्रिलियन अनुमान गरिएको छ। यसमा यति धेरै सुन र तामा भरिएको छ कि यसलाई ५० वर्षसम्म निकाल्न सकिन्छ।
नेशनल रिसोर्सेस लिमिटेड (एनआरएल) को प्रतिवेदन अनुसार खानीबाट वर्षेनी १५ हजार ८ सय टन तामा, १ दशमलव ४७ टन सुन र २ दशमलव ७६ टन चाँदी निकाल्न सकिन्छ । यसको मूल्य ५० देखि १०० बिलियन सम्म हुन सक्छ।
बलुचिस्तान खनिजमा धनी भएतापनि यो प्रान्त अझै पनि पाकिस्तानको गरिब र पृथक भागहरूमा गनिन्छ। यसका धेरै कारणहरू छन् । अन्य प्रदेशले खनिज सम्पदाको फाइदा उठाउने गरेको स्थानीयको आरोप छ । बलुच राष्ट्रवाद र पृथकतावादी आन्दोलनहरूले मानिसहरूलाई विकास खनिजहरू प्रयोग गर्न निषेध गरेका छन भने स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता सुविधा नगण्य रहेका छन् ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

