Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

फ्राइडे रिलिजः बिपिन कार्कीको ‘कर्मा’ लाई भन्दा बढी शो कृषाको ‘पिताम्बर’ लाई

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २८
फ्राइडे रिलिजः बिपिन कार्कीको ‘कर्मा’ लाई भन्दा बढी शो कृषाको ‘पिताम्बर’ लाई

काठमाडौं । आज देखी हलमा २ नयाँ नेपाली फिल्म रिलिज हुँदैछन् । कृषा चौलागाईको पिताम्बर र ‘कर्मा’ आजवाट सिनेमा हलमा लाग्दैछन् । दुवै एक्सन फिल्म हुन् ।

शुक्रबारबाट रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’हरू देखिएका छन ।

आज प्रदर्शनमा आउन लागेको दुई फिल्म मध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ भने जसको देशभरको शो संख्या १७० रहेको छ भने विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाएको छ।

पिताम्बरमा प्रदिप खडका, दयाहाङ राइ, सौगातमल्ल लगायतको कलाकारको अभिनय रहेको छ । यो महिला निर्देशकले बनाएको पहिलो ‘नेपाली एक्सन’ चलचित्र मानिएको छ । पिताम्बरकाे प्रि बुकिङ उत्साहजनक देखिएकाे छ ।

 

Top Changing Nepal

युट्युब सट्स