नेपालका पुर्व आईजीपी राणाको निधन
जानकारी केन्द्र
२०८१, चैत्र, ३०
रौतहट । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।
उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।
उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।
सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । उनको छोरा दीप शमसेर जबरा नेपाल प्रहरीका एसएसपी पदमा कार्यरत रहेका छन्।
राणा नेपाल प्रहरीको संगठन प्रमुख हुँदा रौतहटका सैयौं युवाहरु नेपाल प्रहरीमा भर्ना भएका थिए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
