२०८२ साल वैशाख महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । लग्नस्त सूर्यले कार्यक्षेत्रमा मान प्रतिष्ठा बढाउनेछन् । समाजमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । समाजमा गुमेको स्थान प्राप्त हुनेछ । दाम्पत्य जीवनमा पुरानो कुरालाई लिएर जीवन साथीसँग मनमुटाव हुने सम्भावना देखिएको छ । स्वास्थ्य सबल रहनेछ । सानो प्रयासले जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ । युवा वर्गहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ कार्य थालनीमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला । परीक्षार्थीहरूलाई अनुकूल समय रहेको छ । सरकारी नोकरी वा पेशामा प्रभाव बढ्नेछ । यो महिना सञ्चित धन जोगाउन नसकिएला खर्चमा वृद्धि रहनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ । कार्य क्षेत्रमा अरुको विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला । वैदेशिक रोजगारको मामलामा सफलता मिल्नेछ । धैर्य र पराक्रमले अप्ठ्यारा परिस्थितिहरूलाई पनि सजिलो बनाउन सकिनेछ । व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि उपयुक्त समयको प्रतीक्षा गरौं । प्रत्येक क्षेत्रमा कुनै न कुनै परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । आयआर्जनको दृष्टिले यो समय हजुरको लागि सबल रहेको छ । धन कमाए तापनि संग्रह गर्न गाह्रो होला । आफ्नो खानपानलाई सही राख्ने र नशा आदिबाट टाढा रहनुहोस् । विद्यार्थीहरूले पठनपाठनमा आलस्यलाई हावी हुन नदिनुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । धैर्य र पराक्रम मा वृद्धि हुनेछ । साहसिक निर्णयहरू लिने समय रहेको छ । आफ्नो व्यवहार कुशलताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ । शत्रुहरू पराजित हुनेछन् । प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त हुनेछ । घर परिवारमा भाइबहिनीहरूबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा अरुको मुख ताक्ने बानीले कार्य बिग्रिन सक्छ । आम्दानीका नयाँ स्रोतहरू खुल्ने वा आर्थिक पक्ष बलियो बन्नेछ । स्वास्थ्यको दृष्टिकोणले यो समय अनुकूल छ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ । भाग्यलाई ताक्नुभन्दा कर्मलाई प्राथमिकता दिनुहोस् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । कार्य क्षेत्रमा अप्ठ्यारा परिस्थितिहरू को सामना गर्नुपर्ने हुन्छ । कार्य क्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन् । धार्मिक तीर्थयात्रा आदिको सौभाग्य मिल्नेछ । व्यापार व्यवसायमा श्रम अनुसार सफलता मिल्न अलि गाह्रो देखिएको छ । नोकरी वा पेशामा उच्च अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला । इष्टमित्रहरूको सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा जनबल बढ्नेछ । स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोस । पारिवारिक चिन्ताले मन अप्रसन्न रहनेछ । दाम्पत्य जीवनमा जीवनसाथीबाट उपहार पाइएला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना सबल रहेको छ । युवाहरूको लागि करियरलाई अगाडि बढाउन नयाँ बाटाहरू खुल्नेछन् । कार्य क्षेत्रमा कुनै पनि कार्य अरूको विश्वासमा नछोड्नुहोला । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। सरूआ हुने बलियो समय देखिएको छ । अध्ययनमा प्रगति हुनेछ । विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ । स्वास्थ्यमा मौसमी बिमारीहरूबाट जोगिनुहोस् । प्रेम सम्बन्ध सुमधुर रहनेछ । कार्य क्षेत्रमा रोकिएका कार्यहरू बन्नेछन् । जोखिमपूर्ण कार्य सम्पादन हुनेछन् । कार्य क्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो महिना मध्यम रहनेछ । अप्ठ्यारो परिस्थितिमा आफन्त वा शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन । कार्य क्षेत्रमा प्रतिष्ठा बचाउनको लागि संघर्ष गर्नुपर्ला । व्यापार व्यवसायमा हतारमा लिएका निर्णयहरूले हानि नोक्सानीका योग छन्, सावधान भएर लिनुहोला । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला । कुनै अप्रिय समाचारले मन खिन्न रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ । कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । जीवन साथीसँगको वैचारिक मतभेद सुल्झिनेछ भने आयआर्जनका नयाँ स्रोतहरु बन्नेछन् । नयाँ कारोबार थालनी वा लगानीको लागि उपयुक्त समय रहेको छ । साझेदारी व्यापारबाट लाभ मिल्नेछ । आयुर्वेद वा आध्यात्मिक ज्ञानको पढाइमा सफलता मिल्नेछ । सम्बन्धमा मर्यादा बनाएर राख्नुहोस् । झुठा आरोपले मानसिक कष्टको योग छ, सावधान रहनुहोला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि समय सामान्य रहेको छ । आर्थिक पक्ष सबल बनाउनको लागि परिश्रमबाट टाढा नभाग्नुहोस् । राजनीतिक क्षेत्रमा संवेदनशील मामलाहरूमा बोल्दा शब्द चयनमा विशेष ध्यान दिनुहोला । आसमर्दो कार्य बन्नाले मनमा उत्साह जाग्नेछ र नयाँ कार्यतर्फ अग्रसर भइनेछ । पारिवारिक सम्बन्धलाई सबल बनाउनको लागि परिवारको कुरालाई पनि महत्व दिनुहोला । वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ । श्वासप्रश्वास वा रक्त सम्बन्धी समस्या छ भने स्वास्थ्यमा विशेष ध्यान राख्नुहोस् । प्रशासनिक र राजकीय क्षेत्रका कार्यहरूमा विलम्ब हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिना अत्यन्त श्रेष्ठ रहनेछ । भाग्यको साथ मिल्नाले अप्ठ्यारो काम पनि समयमा सम्पादन हुनेछन् । नयाँ व्यवसायको जग राखिनेछ । पिताको कार्यक्षेत्रमा पदोन्नति हुनु साथै धार्मिक यात्राका योग बनिरहेका छन् । कला र संगीतको क्षेत्रमा राम्रो अवसर मिल्नेछ । उद्योगमा नयाँ अनुबन्धहरूले मनग्य फाइदा मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ । धन कमाएतापनि जोगाउन गाह्रो देखिएको छ । घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । भूमि भवन वा नयाँ सवारी साधन जोड्ने योग छ । विद्यार्थीहरूको लागि पठनपाठनमा गुरुजनहरूको सहयोग मिल्नेछ । कार्यक्षेत्रमा हातमा लिएको कार्य सिद्ध हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिना अत्यन्त शुभ रहनेछ । पिताको कार्यक्षेत्रमा सम्मान बढ्नेछ । लोकसेवा आदिको परिणाममा सफलता मिल्नेछ । सरकारी नोकरीको लागि प्रयासरत हुनुहुन्थ्यो भने सफलता मिल्नेछ । बेरोजगारहरूलाई नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ । भूमि भवनको किनबेचबाट मनग्य लाभ प्राप्त हुनेछ । अविवाहित हुनुहुन्छ भने विवाहका कुराहरू टुङ्गिनेछन् । पारिवारिक उल्झनहरू सुल्झिनेछन् । युवा छात्र छात्राहरूले मौज मस्ती भन्दा पढाइमा ध्यान दिनुपर्ने हुन्छ । कार्यक्षेत्रमा विशेष पदको जिम्मेवारी मिल्नेछ । प्रभावशाली व्यक्तित्वसँगको भेटघाटले जीवनमा नयाँ परिवर्तन आउनेछ । स्वास्थ्य सबल रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मकर राशि हुनेहरूको लागि यो महिना शुभ फलदायी रहेको छ । प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ । माननीयजनहरूबाट प्रशंसा मिल्नेछ । आर्थिक पक्ष सबल रहनुका साथै नयाँ व्यापार विस्तारको लागि पनि समय उपयुक्त रहेको छ । आँटेको काममा सफलता मिल्नेछ । अस्थायी नोकरीलाई स्थायी बनाउन उपयुक्त समय रहेको छ । स्वास्थ्यले साथ दिनेछ । व्यापार व्यवसायमा अति आत्मविश्वासले हानि हुने सम्भावना रहेको छ । परिवारलाई समय दिने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा जीवनसाथीको कुरालाई बेवास्था नगर्नुहोस् । नयाँ प्रेम प्रसङ्ग अगाडि बढ्ने सम्भावना रहेको छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । महत्वकांक्षी योजना सम्पादन नहोलान । समाजमा इष्टमित्रहरूको साथ मिल्ने तथा नयाँ मित्रको सम्पर्कले रोकिएको कार्य सम्पादन हुनेछ । पुराना मित्रहरूसंगै घर परिवारमा मनमुटाव हुन सक्ला । पुरानो विवादलाई लिएर घरमा झैँ झगडाका योग छन् । स्वास्थ्यको दृष्टिकोणले यो समय सामान्य रहेको छ । यात्रामा बाधा आउनेछ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । नोकरीमा अपयस मिल्नाले मन अशान्त रहन सक्छ । विद्यार्थीहरूलाई अध्ययनको क्षेत्रमा नयाँ सिक्ने मौका मिल्नेछ ।
– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

