काठमाडौँ । लियोनेल मेसीले अब आफु बार्सिलोना फर्किन सम्भव नभएको बताएका छन् । हालै दिएको एक अन्तर्वार्तामा मेसीले आफ्नो सम्भावित बार्सिलोनामा पुनरागमनमा पूर्णविराम लगाएका हुन् ।
हाल अमेरिकन लिगमा इन्टर मियामीबाट खेलिरहेका मेसीले आफु सधै बार्सिलोना फर्किन चाहेको भएपनि अब त्यो सम्भव नभएको बताएका हुन् ।
मेसीले भनेका छन्- ‘ अब यो पारिवारिक निर्णय बन्यो । हामीले विश्वकप जितेपछि पनि ठूलो प्रभाव पारेको थियो । म स्पष्ट थिए, म युरोपको अर्को टोलीमा हुन चाहन्न, म तिनीहरूमध्ये कुनैमा जान चाहन्नथें ।’ अन्तर्वार्तामा मेसीले आफुले फुटबलमा सबथोक हासिल गरेको बताएका छन्।
मेसीले बार्सिलोनाका युवा खेलाडी लामिन यमलको प्रसंशा गरेका छन् । मेसीले १७ बर्षको उमेरमै उनी युरोपको च्याम्पियन बनेको बताउदै यमल अहिलेनै विश्वको उत्कृष्ट खेलाडी मध्ये एक भएको बताएका छन् । मेसीले यमलको खेलाडीको रुपमा उनको विकास क्रमश: हुदै जाने बताए ।
मेसीले इन्टर मियामीमा अहिलेसम्म ४९ खेलमा ४२ गोल गरेका छन् भने क्लबलाई २०२४ मा सपोर्टर्स शिल्ड र २०२३ मा लिग्स कप जिताएका थिए ।