काठमाडौँ । सुनको मूल्यले नेपाली बजारमा सोमबार नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन सोमबार एक हजार दुई सय रुपैयाँ बढेर १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि बिहीबार भने सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो ।