आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ ३९ पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि एक अमेरिकी डललको खरिददर १३५ रूपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ५१ पैसा कायम गरिएको छ । यसअघि सामबार अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसामा कारोेबारको थियो ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १५६ रूपैयाँ ७० पैसा र बिक्रीमूल्य १५७ रूपैयाँ ३९ पैसा तोकिएको छ । यो भाउ अघिल्लो दिनको तुलनामा यसको भाउ १ रुपैयाँ ४२ पैसाले बढेको छ । यसअघि सोमबार युरो एकको खरिदमूल्य १५५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ९६ पैसामा कारोबार थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७३ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८३ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ६५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ र बिक्रीदर ३७ रूपैयाँ १७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ १० पैसा र बिक्रीदर ३१ रूपैयाँ २४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ०२ पैसा र बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

