नियम तोडेको भन्दै एप्पल र फेसबुकलाइ युरोपेली आयोग लगायो ७०० युरो जरिवाना
ब्रसेल्स । युरोपेली संघले एप्पल र मेटा (फेसबुक) लाई ब्लकको ल्यान्डमार्क डिजिटल मार्केट्स ऐन उल्लङ्घन गरेको भन्दै७०० मिलियन यूरो जरिवाना गरेको छ।
विश्वका बिग टेक फर्महरूको शक्तिमा लगाम लगाउन डिजाइन गरिएको नयाँ नियम अन्तर्गत पहिलो पटक यो जरिवान र प्रतिबन्ध जारी गरिएको हो ।
एप विकासकर्ताहरूले वैकल्पिक बिक्री र प्रस्तावहरूको बारेमा प्रयोगकर्ताहरूसँग सञ्चार गर्ने तरिकालाई प्रतिबन्धित गरेकोमा एप्पललाई ५०० मिलियन जरिवाना लगाइएको थियो।
मेटालाई भने यसको विवादास्पद ‘भुक्तानी वा सहमति’ मोडेलको लागि २०० मिलियन यूरो जरिवाना गरेको छ । जसले इयुमा प्रयोगकर्ताहरूलाई या त फेसबुक र इन्स्टाग्राममा विज्ञापन रहित पहुँचको लागि भुक्तान गर्न वा लक्षित विज्ञापनहरूमा हेर्न बाध्य पारेको छ ।
इयुको युरोपेली दण्ड आयोगका कार्यकारी निकायद्वारा एक वर्ष लामो अनुसन्धान पछिकम्पनीहरूले डिएमए (युरोपेली कानुन) को पालना गरिरहेका छन कि छैन भनेर गत वर्ष अध्ययन गरेको थियो ।
यसको जरिवानाको साथसाथै एप्पलले बन्द आदेश प्राप्त गरेको छ, अबको जुन महिनाको अन्त्यसम्ममा यसको एप स्टोर सञ्चालनहरूमा थप परिवर्तनहरू गर्न आवश्यक छ। यदि कम्पनीले पालना गर्न असफल भयो भने आयोगले निरन्तर उल्लंघनको लागि पुनः दैनिक रूपमा जरिवाना लगाउन सक्छ।
उता, दण्ड अधिकारीहरूले मेटाले गत वर्षको अन्त्यमा प्रस्तुत गरिएका परिवर्तनहरू पनि समीक्षा गरिरहेका छन् कि यसको अद्यावधिक मोडेलले नियमलाई सन्तुष्ट गर्छ कि गर्दैन भनेर मूल्याङ्कन गर्ने जनाएको छ।
सो आयोगले जोड दियो कि बुधवारको जरिवाना प्रक्रियागत प्रकृतिको हो । युरोपेली आयोगको ‘एन्टी ट्रस्ट’ नियम अन्तर्गत जारी गरिएको जरिवाना भन्दा उल्लेखनीय रूपमा सानो छ । जसले प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने र कम्पनीहरूलाई एकल बजारमा एकाधिकार अन्त्य गर्ने लक्ष्य लिएको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
