मलेरियाको लामखुट्टेले यो समयमा सबैभन्दा बढी टोक्छ ? जान्नुहाेस्
काठमाडौं । मलेरियाको संक्रमण लामखुट्टेको टोकाइबाट हुने गर्दछ । यो एक घातक रोग हो, जसलाई हल्का रूपमा कहिल्यै पनि लिनु हुँदैन। किनभने, यस रोगका कारण हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउँछन्। लामखुट्टे सानो भए पनि यसले मलेरियाजस्ता गम्भीर रोग फैलाउने जोखिम निकै बढाउँछ।
खासमा पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्छ । यदि तपाईं सतर्क हुनुहुन्छ भने तपाईं मलेरिया लामखुट्टेबाट बच्न सक्नुहुन्छ। यस लेखमा हामी तपाईंलाई मलेरिया लामखुट्टे सबैभन्दा सक्रिय हुने समयको बारेमा बताउनेछौं।
वास्तवमा मलेरिया लामखुट्टेले कुनै पनि समयमा टोक्न सक्छ। तर, मलेरिया फैलाउने लामखुट्टेको प्रकोप भने सूर्यास्त पछि सबैभन्दा बढी हुन्छ। मलेरियाको जिवाणु बोकेको लामखुट्टे सूर्यास्त देखि बिहानसम्म अरू बेला भन्दा धेरै नै सक्रिय हुने गर्दछ । मलेरिया फैलाउने एनोफिलिस लामखुट्टे सूर्यास्तमा सक्रिय हुन्छ। यो विशेष गरी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म बढी सक्रिय हुने गरेको अध्ययनले देखाएको छ । त्यसैले यो समयमा तपाई अरू भन्दा बढी सतर्क हुनु पर्ने हुन्छ ।
मलेरिया रोगको लक्षण
मलेरियाको अवस्थामा, बिरामीले हात, खुट्टा र जोर्नीहरूमा कडा दुखाइ अनुभव गर्दछ।
मलेरिया भएमा आँखाको रंग हल्का पहेँलो हुन्छ ।
मलेरियाको अवस्थामा, उच्च ज्वरो र टाउको दुखाइ हुन्छ।
बिरामीले कमजोरी महसुस गर्छ।
मलेरियाका कारण शरीरमा रगतको कमी हुन्छ ।
मलेरिया रोगीलाई धेरै चिसो लाग्छ, जसले गर्दा काँपिन्छ।
मलेरियाबाट बच्ने उपाय
मलेरिया रोगबाट बच्न केही उपाय अपनाउनु जरुरी छ । यी टिप्स अपनाएमा मलेरिया जस्ता गम्भीर रोगबाट बच्न सकिन्छ भनेर सिफारिस गरेका छौं ।
मलेरियाको लामखुट्टेबाट बच्न लामखुट्टेको जाली प्रयोग गर्नुपर्छ।
मलेरिया लामखुट्टे भगाउन कीटनाशक स्प्रे प्रयोग गर्नुपर्छ।
शरीर छोपेर राख्नु पर्छ ।
लामखुट्टेले नटोकोस भनेर फुल बाहुलाको लुगा लगाउनु पर्छ ।
घर वा वरपर फोहोर पानी जम्मा हुन दिनु हुन्न ।
यसबाहेक आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनुहोस्।
खानपानमा विशेष ध्यान दिनुहोस् ताकि रोग प्रतिरोधात्मक क्षमता स्वस्थ रहोस्, शरीरले रोगसँग लड्न सकोस् ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

