लिभरपुल २०औँ पटक प्रिमियर लिग च्याम्पियन
काठमाडौँ । आर्लो स्लटको टोली लिभरपुलले इंग्लिस प्रिमियर लिग २०२४–२५ को उपाधि निश्चित गरेको छ । आइतबार राति घरेलु मैदानमा टोटनहमविरुद्ध ५–१ को पुनरागमन जितसहित लिभरपुल चार खेलअगावै प्रिमियर लिग च्याम्पियन बनेको हो ।
योसँगै लिभरपुलले प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने क्लबमा म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेको छ । यी दुवै क्लबले हालसम्म समान २० उपाधि जितेका छन् ।
आइतबार १–० ले पछि परेको स्थिति उल्ट्याउँदै लिभरपुललाई जित दिलाउन लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहमद सालाहले गोल गरे । लिभरपुलले अर्को एक गोल भने टोटनहमका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो । टोटनहमका डोमिनक सोलान्केले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।
प्रिमियर लिगमा २०औँ उपाधि निश्चित गरेसँगै स्लटले क्लबका पूर्वप्रशिक्षक योर्गान क्लोपलाई सम्झिए । “अहिले मैले मेरो फोन हेरेँ भने पक्कै पनि योर्गान क्लोपको म्यासेज आएको छ । यो सिजन यसअघि धेरैपटक हामीले एकार्कालाई सन्देश पठायौँ । क्लबमा योर्गान क्लोप र पेप लिन्डेर्सले गरेको काम असाधारण थियो,” स्लटले भने ।
सम्बन्धित समाचार
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
संसारको पहिलो इमेल कसले पठाएको थियो ? थाहा पाउनुहोस्
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

