• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • ७ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • ७ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ८ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • ८ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १२ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १४ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १५ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • २. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • ३. आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने

  • ४. पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

  • ५. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

  • ६. अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

  • ७. किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

  • ८. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • ९. २०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

प्रदीप खनालको तीर्थयात्रा : एक अध्ययन

जानकारी केन्द्र २०८२, बैशाख, १६

काठमाडौं । नेपालका प्रदीप खनालको तीर्थयात्रा केवल एक साधारण धार्मिक यात्रा होइन, यो आधुनिक युगमा एक ऐतिहासिक, सांस्कृतिक, र आध्यात्मिक जागरणको प्रतिक हो।

काठमाडौं निवासी उनले भारत, नेपाल, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भूटान र तिब्बतसम्म फैलिएर हिन्दू, बौद्ध, सिख र प्रकृति पूजक परम्पराहरूको मुख्य तीर्थस्थलहरूको दर्शन, पूजन, हवन, यज्ञ र शुद्धीकरण स्नानको माध्यमबाट जुन यात्रा गरे, त्यो हिन्दू धर्मको २१औँ शताब्दीको पुनरजागरण अभियानकै रूप मान्न सकिन्छ। यो यात्रा एकपटक फेरि आदि शंकराचार्य र गुरु नानक देवजीको ऐतिहासिक यात्राको सम्झना दिलाउँछ।

आदि शंकराचार्य र तिनको तीर्थयात्रा
आदि शंकराचार्य  (७८८-८२०ई.) ले ३२ वर्षको अवधिमा भारतभरि फैलिएर चारधाम स्थापनासहित सम्पूर्ण सनातन धर्मको एकीकरणको महान कार्य गरे। उनीले दक्षिण भारतको केरलाबाट यात्रा सुरु गरी बद्रीनाथ, द्वारका, पुरी र रामेश्वरमसम्म गएर चार प्रमुख पीठ स्थापना गरे। उनले ५२ शक्तिपीठहरूलाई पुनःस्थापित गरे, १२ ज्योतिर्लिङ्गहरूको महत्त्वलाई व्याख्या गरे र अष्टदश शुद्ध दर्शन शास्त्रको प्रचार गरे। उनका यात्रा आध्यात्मिक शिक्षाको पुनर्जागरण, वेदान्त दर्शनको प्रवर्द्धन र सनातन धर्मको संरक्षणमा समर्पित थिए।

शंकराचार्यको यात्राको उद्देश्य थियो-दिग्भ्रमित समाजलाई पुनः एकीकृत गर्नु, वेद र उपनिषद्को मर्ममा आधारित अध्यात्मिक चेतना फैलाउनु, र विभिन्न सम्प्रदायहरूलाई एक सूत्रमा बाँध्नु। उनले कालिका, कामाख्या, ज्वालामुखी, वैष्णो देवी, कान्ची, शारदा पीठजस्ता शक्तिपीठहरूमा दर्शन गरी तान्त्रिक र वैदिक धारालाई सन्तुलनमा ल्याउने प्रयास गरे।

गुरु नानक देवजी र तिनको उदासी यात्रा
सिख धर्मका संस्थापक गुरु नानक देवजी (१४६९–१५३९)  ले लगभग २८ वर्षसम्म चार उदासी यात्राको माध्यमबाट भारत, अफगानिस्तान, अरब, तिब्बत, श्रीलंका र मक्का(मदीना जस्ता पवित्र स्थलहरूको भ्रमण गरे। उनको यात्रा केवल धार्मिक दर्शनको होईन, धर्म(सुधार, सामाजिक न्याय र अन्तरधार्मिक संवादको उदाहरण थियो। उनले बनारस, हरिद्वार, मथुरा, काशी, नानक झील, मक्का, बगदाद, तिब्बत, ल्हासा, मानसरोवर हुँदै भारतको दक्षिणसम्म यात्रा गरे। उनले हिन्दू, मुस्लिम, बौद्ध, जैन, सुफी र भोट धर्मावलम्बीहरूसँग संवाद गरी सार्वभौमिक आध्यात्मिकताको सन्देश दिए।

उनका यात्रा स्थलगत थिए –
ननकाना साहिब (पाकिस्तान)
करतारपुर साहिब
हरिद्वार
पटना साहिब
हेमकुण्ड साहिब
मक्का, बगदाद
श्रीलंका (नगदद्वीप)

गुरु नानकको यात्राले धर्म-अन्धविश्वासको विरोध गर्दै प्रेम, सेवा, समर्पण र एकेश्वरवादको भाव फैलायो। उनले जात-पात, धार्मिक कट्टरता र पाखण्डविरुद्ध आवाज उठाए।

प्रदीप खनालको तीर्थयात्रा : आधुनिक अध्यात्मिक पुनर्जागरण
प्रदीप खनालको यात्रा विशेष बनाउँछ तिनको समग्रता, समर्पण र साधनाको गहिराईले। उनले करिब ४५० भन्दा बढी तीर्थस्थलहरूको यात्रा गर्दै शारिरिक, मानसिक र आध्यात्मिक कठिनाइहरू पार गरे। ती स्थानहरूमा पूजा, यज्ञ, संकल्प, हवन, स्नान, ध्यान र सेवा भावका माध्यमबाट तीर्थयात्रा केवल स्थल भ्रमण नभई आत्मसाक्षात्कारको यात्रामा परिणत भयो।

उनले भ्रमण गरेका मुख्य तीर्थहरू :
५२ शक्तिपीठ: कामाख्या, ज्वालामुखी, वैष्णो देवी, हिंगलाज (पाकिस्तान), तारातारिणी, त्रिपुरा सुन्दरी, शारदा पीठ (तिब्बत), पाथिभरा (नेपाल), आदि।

१२ ज्योतिर्लिङ्ग: सोमनाथ, केदारनाथ, काशी, महाकालेश्वर, ओंकारेश्वर, त्र्यंबकेश्वर, भीमाशंकर, रामेश्वरम, आदि।

चारधाम: बद्रीनाथ, द्वारका, पुरी, रामेश्वरम।

बौद्ध स्थलहरू: लुम्बिनी, बोधगया, कुशीनगर, सारनाथ, नामग्याल मोनास्ट्री (धर्मशाला), ल्हासा (तिब्बत)।

सिख स्थलहरू: ननकाना साहिब, करतारपुर, स्वर्ण मन्दिर, पटना साहिब।

पवित्र जल स्नान: गंगोत्री, प्रयागराज, कुरुक्षेत्र, हरिद्वार, मानसरोवर, रामेश्वरम समुद्र, गंगासागर, गोदावरी, कृष्णा नदी, नर्मदा, सरयू, यमुना, ब्रह्मपुत्र।

प्रदीप खनालको यात्राको प्रमुख विशेषताहरू:
अन्तरधार्मिक संवाद: उनले हिन्दू, बौद्ध, सिख, जैन, इस्लाम र आदिवासी प्रकृति पूजक परम्पराहरूको सम्मानसाथ दर्शन गरे। यो समावेशी दृष्टिकोण नै उनको यात्रालाई अनन्य बनाउँछ।

संस्कृति संरक्षण: प्रत्येक तीर्थमा उनले पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक महत्त्वका विवरण संकलन गरे, जसले भावी पुस्तालाई ज्ञान प्रदान गर्नेछ।

आध्यात्मिक प्रयोग: केवल दर्शन मात्र होइन, उनले प्रत्येक स्थलमा यज्ञ, हवन, ध्यान, शुद्धिकरण स्नान, गुरु–संतसँग संवादजस्ता अभ्यासलाई निरन्तरता दिए।

विश्वस्तरीय अभियान: नेपाल र भारतमा आयोजना हुने शिव–शक्ति महा समागममार्फत उनले यो यात्रालाई विश्वमञ्चमा उजागर गर्ने प्रयत्न गरेका छन्। यो कार्यक्रमले ५२ शक्तिपीठका प्रमुख पुजारी, १२ ज्योतिर्लिङ्गका पुजारी, चार शंकराचार्य, बौद्ध गुरुहरू र अन्तर्राष्ट्रिय आध्यात्मिक नेताहरूलाई एक मञ्चमा ल्याउने छ।

दस्तावेजीकरण: उनी र उनको टोलीले यो सम्पूर्ण यात्रा फिल्म, फोटो, र लेखमार्फत संग्रह गरेका छन्। आगामी पुस्तक ‘चार आदि शक्ति पीठ, १८ महा शक्ति पीठ, ५२ शक्ति पीठ’ र वृत्तचित्र निर्माण यसैको अंश हो।

निष्कर्ष
आदि शंकराचार्यले वेदान्त दर्शनलाई पुनःस्थापित गरे, गुरु नानक देवले धर्मलाई मानवता र सेवा मार्फत परिभाषित गरे भने प्रदीप खनालले आधुनिक युगमा तीर्थयात्रालाई धर्म, आध्यात्म, अन्तरधार्मिक संवाद र सांस्कृतिक कूटनीतिमा रूपान्तरण गरेका छन्। उनका यात्रा न केवल धार्मिक साधना हो, यो चेतना, संरक्षण र जागरणको अभियान हो।

प्रदीप खनालको तीर्थयात्रा आधुनिक युगका लागि एउटा प्रेरणादायी उदाहरण हो जसले सनातन परम्परालाई नयाँ पुस्तासँग जोड्ने काम गरिरहेको छ। उनको समर्पण, एकाग्रता, र सेवा भावना भविष्यका तीर्थयात्रीहरूका लागि दीपशिखा बन्नेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.