महोत्तरीको मनरास्थित पोखरीमा डुबेर दुई बालकको निधन
जानकारी केन्द्र
२०८२, बैशाख, १७
महोत्तरी । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका १ स्थित ब्रह्मस्थान नजिकैको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । सोमबार साँझ डुबेर अशक्त बनेका उनीहरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।
मृतकहरूमा सोही ठाउँ निवासी विकेश सिंहका १० वर्षीय छोरा शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका ९, पथरघाटा लक्ष्मीपट्टी गाउँका रूपेश सिंहका ९ वर्षीय छोरा आयुष कुमार सिंह रहेका छन्।
डुबेको अवस्थाबाट उद्दार गरी तत्कालै मनरा नगर अस्पतालमा उपचारका लागि लगिए पनि दुवै बालकको ज्यान जोगाउन सकिएन । घटना बारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

