• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ बैशाख २०८३, मङ्गलबार
०८ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन
  • २० घण्टा 

वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो
  • २१ घण्टा 

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट
  • २२ घण्टा 

२०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • १ दिन 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १ दिन 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ३. रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • ४. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ७. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ८. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ९. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक

जानकारी केन्द्र २०८२, बैशाख, १७

काठमाडौँ । ब्रिटिस काउन्सिलले नेपालमा अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) को वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे महत्वपूर्ण तथ्यहरू रहेको एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा विद्यार्थी र शैक्षिक संस्थालाई प्राप्त अवसर र उनीहरूले भोगेका चुनौतीहरूका बारेमा प्रकाश पारिएको छ ।

यो प्रतिवेदन ब्रिटिस काउन्सिलले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा सार्वजनिक गरेको हो । कार्यक्रममा नीति निर्माता, शैक्षिक संस्थानका उच्च प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञहरूबिच अन्तर्देशीय शिक्षा (टीएनइ–ट्रान्सनेशनल एजुकेशन) का विभिन्न पक्षका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने : “ नेपालको उच्च शिक्षाको भविष्य निर्माणमा अन्तर्देशीय शिक्षा (टीएनइ) ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यो प्रतिवेदनले नेपालमा अन्तर्देशीय शिक्षा (टीएनइ) विस्तार गर्दा प्राप्त हुने अवसर र आउने चुनौतीहरू दुबैमा प्रकाश पार्नुका साथै नेपाल र बेलायतका बिचमा उच्च शिक्षा क्षेत्रहरूमा सहकार्य सुदृढ गर्ने सम्भावनालाई देखाएको छ । उच्च शिक्षामा पहुँच अभावको समाधान गर्न, आर्थिक वृद्धिमा योगदान दिन र नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा अवसरहरू प्रदान गर्न अन्तर्देशीय शिक्षा (टीएनइ)ले मद्दत गर्न सक्छ । हामी प्रतिवेदनका सिफारिसहरूलाई कार्यान्वयन गर्न एवम् नेपालको उच्च शिक्षा क्षेत्रको निरन्तर विकासमा सहयोग गर्न हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न तत्पर छौँ ।”

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फिनले भने : “ यो नेपालमा अन्तर्देशीय शिक्षाको भविष्यका लागि एक महत्त्वपूर्ण क्षण हो । आज सार्वजनिक गरिएको अनुसन्धानले आगामी दिनमा प्राप्त हुने अवसर र आउने चुनौतीहरूका बारेमा स्पष्ट गरेको छ । बेलायत र नेपालको शैक्षिक सहकार्यले नेपाली युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न सक्छ; नेपालमै विश्व स्तरीय शिक्षामा पहुँच विस्तार गर्न सक्छ; अनि नेपालमै ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण गर्न सक्छ । बेलायत र नेपालले शिक्षाको क्षेत्रमा सहकार्य गरेर नेपालमा नव–प्रवर्तन, उत्कृष्टता र साझा सफलतालाई प्रवद्र्धन गर्न सक्छन् ।”

कार्यक्रममा “नेपालमा अन्तर्देशीय शिक्षाः अवसर र चुनौतीहरू“ विषयमा गम्भीर चर्चा पनि गरिएको थियो । उक्त छलफलको सहजीकरण ब्रिटिस काउन्सिल नेपालकी देशीय परीक्षा निर्देशक प्रतिष्ठा थापा रायमाझीले सञ्चालन गरेका थिए । छलफलका प्रमुख वक्ताहरूमा राष्ट्रिय अनुसन्धान तथा तालिम प्रतिष्ठान प्रा.लि.की प्रबन्ध निर्देशक श्रेया कार्की, विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान तथा छात्रवृत्ति विभागका डा. नीरज धिताल र किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालको  सहभागीता रहेको थियो ।

प्रतिवेदनमा शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगलाई नियामक प्रक्रिया सरल बनाउन, प्रशासनिक झन्झट कम गर्न, नीति निर्माणमा सहयोग पु¥याउनका लागि पारदर्शी तथ्याङ्क व्यवस्थापन सुधार गर्न तथा गुणस्तरीयता प्रत्याभूत गर्ने संयन्त्र सुदृढ गरेर शैक्षिक गुणस्तर सुनिश्चित गर्न सुझाव दिइएको छ । यसै गरी प्रतिवेदनमा नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अझ प्रतिस्पर्धी र गतिशील बनाउन सहयोग पु¥याउन संस्थागत विविधीकरणसँगै अन्तर्राष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्न सुझाव दिइएको छ ।

त्यसै गरी प्रतिवेदनमा, अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) सेवा प्रदायक र तिनका साझेदारहरूलाई श्रम बजारको माग अनुसार पाठ्यक्रम अद्यावधिक गर्न, अन्तर्देशीय शिक्षामा आर्थिक रूपमा धान्न सक्ने विकल्पहरू विकास गर्न, शिक्षामा पहुँचमा रहेका असमानताहरू हटाउन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न, र स्थानीय सन्दर्भ तथा दीर्घकालीन शैक्षिक लक्ष्यअनुसार उत्तरदायी र दिगो शिक्षण मोडलहरू विकास गर्न सिफारिस गरिएको छ ।

यी सुझावहरूको लक्ष्य नेपालमा अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) दिगो विकास र समान पहुँचको प्रवद्र्धन गर्ने रहेको छ । प्रतिवेदनको पूर्ण पाठ ब्रिटिस काउन्सिलको वेबसाइटमा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन
वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो
कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट

ताजा

कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन

वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट

२०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.