रूसी युद्दमा उत्तर कोरियाका ६०० बढी सैनिक मारिएः दक्षिण कोरिया
सियोल । रुससँग मिलेर युक्रेनी सेनासँगको लडाइँमा ४ हजार ७०० उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएको दक्षिण कोरियाको गुप्तचर निकायले बुधबार संसदलाई जानकारी गराएको छ ।
दक्षिण कोरियाको खुफिया एजेन्सीको मूल्याङ्कन अनुसार उत्तर कोरियाले पहिलो पटक रुसलाई कुर्स्क क्षेत्रका केही भागहरू कब्जा गर्न मद्दत गर्न लडाकु सेना पठाएको पुष्टि गरेको दुई दिनपछि यो खबर आएको हो। जसमा गत वर्ष युक्रेनको घुसपैठका कारण रुसले अचानक नियन्त्रण गुमाएको थियो ।
‘दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले बन्द कोठाको संसदीय समितिको बैठकलाई बतायो कि रुस–युक्रेन युद्धको अग्रपङ्क्तिमा ६०० उत्तर कोरियाली सैनिक मारिएका छन् भने ४ हजार ७०० जति घाइते भएका छन्,’ बैठकमा भाग लिने सांसदहरू मध्ये एक ली सेओङ क्वेनले बताए।
‘एनआईएसले जनवरी र मार्चको बीचमा मात्रै २ हजार घाइते उत्तर कोरियाली सैनिकहरूलाई हवाई वा रेलमार्फत उत्तर कोरिया फर्काइएको जनाएको छ,’ लीले पत्रकारहरूलाई भने।
उनका अनुसार युद्धमा मारिएका उत्तर कोरियाली सैनिकको रुसमा नै दाहसंस्कार गरिएको र त्यस मध्ये केहीको शव स्वदेश पठाइएको रिपोर्टमा उल्लेख गरिएको छ । एनआईएसका अनुसार जनवरीमा मात्रै करिब ३०० उत्तर कोरियाली सैनिक मारिएको र अन्य २ हजार ७०० घाइते भएको बताएको छ। गत महिना दक्षिण कोरियाली सेनाले नुमानित हताहत संख्या बढाएर ४,००० पुगेको पनि दावी गरेको छ ।
उत्तर कोरियाले सोमबार घोषणा गर्यो कि उसको नेता किम जोङ उनले ‘युक्रेनी नव–नाजी कब्जाकर्ताहरूलाई हटाउन र रुसी सशस्त्र सेनाको सहयोगमा कुर्स्क क्षेत्रलाई मुक्त गर्न सेना पठाउने निर्णय गरेको छ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस पछि उत्तर कोरियालाई धन्यवाद दिँदै उत्तर कोरियाली सैनिकको बलिदानलाई नबिर्सने वाचा गरेका थिए।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

