मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म
कोची । सुपरस्टार मोहनलालको ड्रामा थ्रिलर ‘थुडारम’ दोस्रो हप्तामा सुपर बलियो भइरहेको छ । साथै, विश्वव्यापी बक्स अफिसमा २०० करोड क्लब तर्फ अग्रसर भएको छ। जसका कारण मोहन लालको अर्को फिल्म मलयालम चलचित्र उधोगको सबैभन्दा बढी कमाउने तेस्रो फिल्मको रेकर्ड कायम गरेको छ ।
थारुण मूर्थीद्वारा निर्देशित थुडारमले टोभिनो थोमसको २०२३ को सर्वाइभल थ्रिलर फिल्म (१८० करोड) पार गरिसकेको छ । यसअघि मलायालम फिल्ममा सबैभन्दा बढी मन्जुम्मेल ब्वाईज (२४१ करोड) र इम्पुरान (२६६.५ करोड) कमाएर पहिलो र दोस्रो फिल्म बन्न सफल भइसकेका छन । र, यस पछि ‘थुडारम’ तेस्रो ठूलो कमाई गर्ने फिल्म बनेको हो ।
थुडारमले आफ्नो पहिलो साता करिब १२० करोड कमाएको थियो भने दोस्रो हप्ता ५० प्रतिशतभन्दा कम घटेर ६५ करोडको हाराहारीमा अगाडि बढिसकेको छ, जुन अहिलेसम्म उत्कृष्टता कायमै छ । यो तेस्रो साताको अन्त्यमा २०० करोड क्लबमा प्रवेश गर्नेछ र त्यस पछि मलयालम चलचित्र उधोगमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्मको रेकर्ड कायम गर्नेछ ।
राजापुथरा द्वारा निर्मित थुडारूमले आज घरेलु बक्स अफिसमा पहिलो हप्तामा नै १०० करोड कमाई गरेको हो ।
चलचित्र तेस्रो हप्तामा घरेलुमा पनि सबैभन्दा ठूलो मोलिउड कमाई गर्ने फिल्म हुने अपेक्षा गरिएको छ । र, गृह राज्य केरलामा पनि १०० करोड कमाउने लगभग देखिएको छ । यो विशेष राज्यमा १०० करोड कमाउने दुर्लभ कोसेढुंगा हासिल गर्ने पहिलो चलचित्रको अर्को रेकर्ड पनि कायम गर्नेछ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
