सुनसरी । बराहक्षेत्र नगरपालिका-१० मंगलबारे बस्ने उमेश राईको छोरा १८ महिनाको उपदेश राईको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
प्रहरीका अनुसार, छिमेकीको घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बोर्डबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।