• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • ७ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • ७ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • ८ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • २२ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • २२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • २. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ४. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

  • ५. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ६. अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

  • ७. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • ८. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • ९. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • १०. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

ब्रिटिस काउन्सिलद्वारा ‘कनेक्सन थ्रु कल्चर’ अनुदान २०२५ का लागि आवेदन खुला

जानकारी केन्द्र २०८२, बैशाख, २८

काठमाडौं ।  ब्रिटिस काउन्सिलले कनेक्सन थ्रु कल्चर (सिटिसि– संस्कृतिका माध्यमबाट संयोजन) अनुदान २०२५ आरम्भ भएको घोषणा गरेको छ। सिटिसिअन्तर्गत ब्रिटिस काउन्सिलले नेपाली कलाकारहरू, सांस्कृतिक कर्मीहरू र सृजनात्मक कार्यमा संलग्न संस्थाहरूलाई बेलायतका साझेदारहरूसँग सहकार्य गर्न अनुदानका लागि आवेदन दिन आव्हान गरेको छ।

विश्वव्यापी सहकार्यको आवश्यकता अहम् भएको अहिलेको परिस्थितिमा, यस कार्यक्रमले नेपाल तथा अन्य देशका सिर्जनात्मक समुदायलाई जोड्ने परियोजनाहरूलाई १०,००० पाउन्ड स्टर्लिङ (करिब १८ लाख २० हजार नेपाली रुपैयाँ) सम्मको अनुदान दिने  बताइएको छ।

यो कार्यक्रम अन्तरगत विभिन्न देशका कलाकर्मीहरूको संयुक्त कला कार्यशाला (ज्वाइन्ट रेसिडेन्सी), संयुक्त सिर्जनाहरूको प्रदर्शनी, मञ्चन, अनुसन्धान, र डिजिटल कथा वाचनजस्ता परियोजनालगायतका त्यस्ता पहलहरूलाई सहयोग गरिनेछ जसको उद्देश्य आपसी समझदारी बढाउने, नवीन संवाद सुरु गर्ने, र दीर्घकालीन अन्तर्राष्ट्रिय साझेदारीहरू निर्माणको हुनेछ।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले यससम्बन्धीमा भनेका छन्, “यस कार्यक्रमले दुवै देशका कलाकर्मी र कलासम्बन्धी संस्थाहरूलाई साझा भविष्यको कल्पना गर्न सशक्त बनाउँछ। साझा सृजनात्मकता र आपसी सम्मानमार्फत, अन्तरदेशीय सार्थक साझेदारी विस्तार भएको हामी देख्दै छौँ र यसको प्रभाव दीर्घकालीन हुनेछ।”

यो कार्यक्रमको सन् २०२५ संस्करणमा नेपालसहित बेलायत र एसिया प्यासिफिक तथा युरोपका १९ साझेदार देशहरूबाट आवेदक खुला गरिएको छ। यस वर्ष ब्रिटिस काउन्सिलले विशेष गरी जलवायु परिवर्तन, विविधता तथा समावेशिता, र कलामा समानताजस्ता विश्वव्यापी विषयहरूमा केन्द्रित कला कर्मलाई प्राथमिकता दिँदै करिब ९० परियोजनालाई अनुदान दिने लक्ष्य राखेको बताइएको छ।

ब्रिटिस काउन्सिल साउथ एसियाकी क्षेत्रीय कला निर्देशक जिल रिचेन्सले भन्छन्, “कनेक्सन थ्रु कल्चर अनुदान भन्दा पनि सृजनशीलता, सहकार्य, र परिवर्तनको उत्प्रेरक हो। हामी त्यस्ता परियोजनाहरूलाई सहयोग गर्न पाउँदा गर्व गछौँ जसले कलात्मक नवप्रवर्तन मात्र होइन, संस्कृतिहरू र समुदायहरूबिच सेतु निर्माण गर्छन्।”

प्रमुख जानकारी:
• आवेदन खुल्ने मिति: २८ अप्रिल २०२५
• अन्तिम म्याद: २३ जून २०२५ (१५:०० बेलायती समय)
• अनुदान राशि: £५,००० वा £१०,००० सम्म
• परियोजना सुरु हुने मिति: अक्टोबर २०२५

नेपालका दृश्यकला (भिजुअल आर्ट), साहित्य, चलचित्र, सङ्गीत, मञ्चन गरिने कला (पर्फर्मिङ आर्ट),, डिजिटल मिडिया, सम्पदा, फेसन, वास्तुकला लगायत विभिन्न विधामा काम गरिरहेका कलाकारहरू र संस्थाहरूलाई आवेदन दिन प्रोत्साहित गरिएको छ। परियोजनाहरू प्रत्यक्ष, डिजिटल वा मिश्रित (हाइब्रिड) ढाँचामा हुन सक्छन्, र आवेदकहरूलाई निर्धक्कताका साथ सहकार्यमा आधारित प्रस्ताव ल्याउन प्रोत्साहित गरिन्छ।

ब्रिटिस काउन्सिलका बारेमा
ब्रिटिस काउन्सिल बेलायतको अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसर प्रवर्द्धन गर्ने संस्था हो। बेलायत र विश्वभरका मानिसहरूबिच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिमा सहयोग पुर्याएको बताइएको छ।यी काम ब्रिटिस काउन्सिल कला, संस्कृति, शिक्षा र अङ्ग्रेजी भाषामार्फत गर्छ। ब्रिटिस काउन्सिल विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूमा काम गर्नुका साथै १०० भन्दा बढी देशहरूमा ब्रिटिस काउन्सिल भौतिक उपस्थिति रहेको जनाइएको छ। सन् २०२२–२३ मा हामीले ६० करोड मानिसहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा पुर्याएको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
छोराको कुटपिटबाट आफ्नै आमाको निधन
कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

ताजा

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

छोराको कुटपिटबाट आफ्नै आमाको निधन

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.