• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी Aito M8 ले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर प्राप्त गरेको बताइएको छ।

यसको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (झण्डै ५०,५४० देखि ६२,९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको जनाइएको छ। कम्पनीका अनुसार,अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ।

Aito ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य हो। यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको बताइएको  छ।

Aito ब्रान्डका गाडीहरू हुवावेको Harmony Intelligent Mobility Alliance (HIMA) स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन्।

Aito ब्रान्ड अन्तर्गत अहिले Aito M5, M7, र M9 गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन्। चीन ईभी डाटा ट्र्याकरका अनुसार यी मोडेलहरूको कूल बिक्री २०२४ मा ३८५,९०४ युनिट पुगेको थियो। अब हुवावे र सेरेसले चौथो मोडेल Aito M8 सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको बताइएको छ।

चीनमा हुवावे Aito M8 ले पायो १ लाख अर्डरमार्च ६ मा चीनमा Aito M8 को प्रि-सेल सुरु गरिएको थियो। ५,००० युआन (लगभग ७०० डलर)को अग्रिम रकम बुझाउने ग्राहकहरूलाई गाडी सार्वजनिक भएपछि १०,००० युआन (झण्डै १,४०० डलर) छुट दिइने योजना थियो।

सार्वजनिक हुनुअघि नै यस गाडीले निकै आकर्षण पाएको हो। प्रि-सेल सुरु भएको एक घण्टामा नै ७,५०० अर्डरहरू प्राप्त भएका थिए। छ घण्टाभित्र अर्डर संख्या २१,००० पुग्यो भने १२ घण्टामा २८,००० युनिट पुगे। प्रि-सेल सुरु भएको दुई साताभित्र यो संख्या ७०,००० पुगेको थियो।

अप्रिल ७ मा HIMA ले Aito M8 ले १ लाखभन्दा बढी अर्डर प्राप्त गरेको घोषणा गर्‍यो। जम्मा ३२ दिनमा यस्तो उपलब्धि हासिल गर्नुले पनि यो गाडी EREV (Extended Range Electric Vehicle) वर्गमा सबैभन्दा बढी बिक्री हुने मोडेलमध्ये एक बन्ने निश्चितजस्तै देखिएको जनाइएको छ। यसको प्रमुख प्रतिस्पर्धीहरूमा लि अटो L8 र डीपल S09 पर्दछन्।

Aito M8 को विशेषता

Aito M8 डिजाइन र स्पेसिफिकेसनको हिसाबले फ्ल्यागशिप मोडेल Aito M9 सँग नजिक छ। यो एक ठूलो एसयुभी हो जसको लम्बाइ/चौडाइ/उचाइ क्रमशः ५१९०/१९९९/१७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको छ।

यसको छानामा LiDAR सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठूला हेडलाइट छन्। यो गाडी २१-इन्चका मल्टी-स्पोक रिममा कुद्छ। टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन्।

Aito M8 को क्याबिनमा दुई प्रकारको सिट व्यवस्था छ a 2+2+2 र a 2+3। यसमा ७५ इन्चको हुवावेको Augmented Reality Head-Up Display र ठूलो तीनवटा स्क्रिन सेटअप छ। गाडीमा दुई मोटरयुक्त Four-Wheel Drive (4WD) प्रणाली छ जसको पिक पावर ३९२ kW (५२६ hp) छ। गाडीमा १.५ लिटरको टर्बोचार्ज्ड रेञ्ज एक्सटेन्डर इन्जिन छ।

ब्याट्री LFP वा ternary NMC प्रकारको हुन सक्छ जसको क्षमता ३६ kWh वा ५२ kWh हुन्छ। CLTC का अनुसार, गाडीको रेन्ज क्रमशः २०१ किमि र ३१० किमि रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
    शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
    तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

    शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
    • नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने
    • शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
    • २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.