Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, ३०
ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् ।

चीनसँग ‘ट्यारिफ पज’ को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन ।

बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी बिरामीहरूले तिर्ने औषधिको मूल्यमा ठूलो भिन्नताको रहे पछि उनले अमेरिकामा पनि समान मुल्य बनाउने घोषणा गरेका हुन् । उनले भने, ‘अब हामी सबैले समान तिर्नेछौं हामी युरोपमा जति औषधी खर्चको मुल्य रहेको छ, अब हामी त्यति नै रकम तिर्ने ब्यवस्था मिलाउँछौं ।’

त्यसो त ट्रम्पले अमेरिकाले संसारकै सबैभन्दा कम मूल्य तिर्न लागेको दाबी पनि गरेका छन । ‘अब हामीले अर्को देशको तुलनामा १० गुणा बढी तिर्ने छैनौं, अब यो भन्दा सस्तोमा औषधी पाउने छौं ।’

Top Changing Nepal

युट्युब सट्स