एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै टुनल्यान्ड जी७ ,यस्तो छ विशेषता
काठमाडौं । फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले नयाँ पिकअप लन्च गर्ने तयारीलाई अन्तिम चरणमा पु-याएको छ । अन्तर्राष्ट्रिय स्तरको टुनल्यान्ड जी७ अब नेपाली बजारमा पनि उपलब्ध हुने जनाइएको छ ।
नेपाली सडकमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको यस गाडीले नेपालको विभिन्न भूभागमा एक वर्षसम्म गरिएको परीक्षण पार गर्दै नेपालको जटिल तथा विविधयायुक्त सडक अवस्थाका लागि आवश्यक पर्ने क्षमता, शक्ती र साइजको लागि आफ्नो पर्फमेन्स प्रमाणित गरिसकेको छ ।
उन्नत फिचरहरूसँगै टुनल्यान्ड जी७ बलियो मात्र नभई फराकिलो पनि छ । यसमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क छ, जसले हरेक किसिमका सडकमा आवश्यक पर्ने प्रदर्शन क्षमताहरू प्रदान गर्छ । २२५ मिमिको ग्राउन्ड क्लियरेन्स भएकोले यसलाई अप्ठ्यारो, उकालो–ओरालो तथा उबडखाबड सडकमा पनि सजिलै चलाउन सकिन्छ ।
यसमा भएको मोडर्न इन्जिन पुस–स्टार्ट बटनले यसलाई नयाँ चालकहरूका लागि झनै सजिलो बनाउँछ । सुरक्षाका लागि यसमा ‘हिल होल्ड कन्ट्रोल’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर दिइएको छ ।
१२.३ इन्चको ‘इनफिनिटी स्क्रिन’ले गाडीको भित्री भागलाई अत्याधुनिक र प्रिमियम बनाउँछ । यस स्क्रीनले उन्नत प्रविधि र शैलीको सन्तुलन दिन्छ भने पानोरामिक सनरुफले प्राकृतिक प्रकाश र ताजगी ल्याएर नेपालको सुन्दर दृश्यसँगको यात्रालाई झन रमाइलो बनाउँछ ।
सिटहरूमा ‘हिटेड’ र ‘भेन्टिलेटेड’ सिस्टम छ, जसलाई इलेक्ट्रिक रूपमा १२ तरिकाले एडजस्ट गर्न सकिन्छ । साथै, यसमा भएको अटोमेटिक एयर कन्डिसनिङले वर्षभरि नै तापक्रम सन्तुलित राख्छ ।
कम्पनीका अनुसार, टुनल्यान्ड जी७ एउटा यस्तो सम्पूर्ण प्याकेज हो जसले शक्ति, सुरक्षा र लक्जरी एकै ठाउँमा ल्याएको छ । यसले नेपालका पिकअप गाडीहरूको बजारमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीको विश्वास छ ।

सम्बन्धित समाचार
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

