सिम्रौनगढको मेयर चढ्ने गाडी दुर्घटना
रौतहट । बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको छ।
रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३५४ नम्बरको मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका ५ नारायणचोक देखि २०० मिटर उत्तर तर्फ बाटोमा दुर्घटना भएको हो।आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गाडी पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
गाड़ी र चालक जिल्ला बारा सिम्रौनगढ १ बैरियाका बर्ष ४० को मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट असई अर्जुन मण्डलको कमाण्डमा टोली खटी गई गाडीमा चालक मात्र सवार रहेको गाडी र चालक नियन्त्रणमा लिएको छ। उक्त गाडी दुर्घटना हुँदा मेयर किशोरी प्रसाद कलवार नरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
