रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं
हैदाराबाद । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौंयतिखेर ‘पान इन्डिया स्टार’ बनि सकेकी छिन् । पछिल्लो छोटो समयमा उनले पुष्पा २, छावा र एनिमलजस्ता धेरै ब्लकबस्टर फिल्म दिएकी छिन् ।
तर, अभिनेत्री अन्तिम पटक सलमान खानसँग सिकन्दरमा देखिएकी थिइन्, तर त्यो फिल्मले बक्स अफिसमा खासै कमाल भने गर्न सकेन । तर फेरी पनि एकपटक रश्मिका आफ्नो नयाँ फिल्मबाट थप चर्चामा आएकी छिन् ।
अब रश्मिका धनुषसँग ‘कुबेर’मा देखिदै छिन । तर, अचम्म यो फिल्मले रिलिज अघि नै करोडौं कमाइ गर्न सफल भइसकेको छ । ‘कुबेर’ एक एक्सन ड्रामा फिल्म हो, जुन २० जुनमा रिलिज हुँदैछ।
यस फिल्ममा नायिकासँगै साउथका चर्चित अभिनेता धनुष पनि देखिने छन् । यो फिल्म मुम्बईको गरिबीबाट धनी बनेको कथामा आधारित रहेको बताइएको छ । फिल्मको कथा र बजेटलाई लिएर चलिरहेको चर्चाका अनुसार यो फिल्म पनि अब रश्मिकाको अर्को हिट फिल्मको लिस्टमा पर्न सक्छ ।
किनभने, यो फिल्मको डिजिटल अधिकार भने रिलिज हुनुअघि नै खरिद गरि सकिएको छ । रिपोर्टका अनुसार अमेजन प्राइमले ‘कुबेर’ को डिजिटल अधिकार ५० करोडमा किनेको छ । सियासत डटकमका अनुसार यो फिल्म तेलुगु सिनेमामा सबैभन्दा ठूलो ओटीटी सम्झौता हुन सक्ने जनाइएको छ। यस फिल्ममा रश्मिका मन्डन्ना र धनुषसँगै नागार्जुन पनि समावेश रहेका छन्, तीनैजना बलियो कलाकार भएकाले फिल्मलाई लिएर दर्शकमा निकै उत्साह र प्रतिक्षा रहेको छ ।
सियासत डटकमका अनुसार यो फिल्म १२० करोडको बजेटमा बनेको हो, जुन धनुषको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म हो । यो फिल्म तेलुगुसँगै तमिल र हिन्दीमा पनि रिलिज हुनेछ । ‘कुबेर’ शेखर कममुलाद्वारा निर्देशित एक उच्च बजेट एक्शन फिल्म हो।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
