नेपाल प्रवेश गर्न खोज्ने कोरियाली नागरिक रक्साैलवाट पक्राउ
बिरगञ्ज । बिहारको रक्सौलमा अवैध रूपमा भारत बसेको आरोपमा एक दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् ।
रक्सौलका सुरक्षा अधिकारीहरूले सोमबार यो जानकारी दिएका हुन । दक्षिण कोरियाको क्योङ की डो प्रान्तका निवासी किम याङ डेलाई आइतबार पक्राउ गरिएको अधिकारीहरूले बताएका हुन्। रक्सौल सिमावाट नेपाल प्रवेश गर्न लागिरहेको बेला उनी पक्राउ परेको अधिकारीहरूले बताएका छन् ।
पूर्व चम्पारण जिल्लाका प्रहरी उपरीक्षक (एसपी) स्वर्ण प्रभातले भने, ‘उनी वैध यात्रा कागजातबिना नेपाल प्रवेश गर्न खोजिरहेका थिए । उनी २०१७ मा भारत आएका थिए र उनको भिसाको म्याद २०२१ जनवरीमा नै सकिएको थियो। त्यसपछि उनी अवैध रूपमा भारतमा बस्दै आएको खुलेको छ।’
‘सोधपुछको क्रममा उनले आफूले चेन्नईमा काम गरिरहेको बताएका छन र उनले नक्कली आधार कार्ड पनि बनाएको खुलेको छ,’ एसपी प्रभातले भने। उनले मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताए । अधिकारीका अनुसार अन्य निकायलाई पनि उनको गिरफ्तारीको बारेमा जानकारी गराइएको छ ।
सम्बन्धित समाचार
त्रिविको कडा परीक्षा आचारसंहिता लागु, नियम उल्लंघन गरे परीक्षा रद्द
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
यस्तो छ आजको मौसम पुर्वानुमान
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

