Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

एनएमबि बैंक र एक्यानबीच विशेष सहकार्य, चार्टर्ड एकाउन्टेन्ट्सलाई लक्षित सेवाहरू प्रदान गर्ने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, जेष्ठ, ८
एनएमबि बैंक र एक्यानबीच विशेष सहकार्य, चार्टर्ड एकाउन्टेन्ट्सलाई लक्षित सेवाहरू प्रदान गर्ने

एनएमबि बैंक लिमिटेडले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ACAN) सँग विशेष सहकार्य गर्दै समझदारीपत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौतामार्फत एक्यानमा आबद्ध सदस्यहरूलाई लक्षित गर्दै बैंकले विभिन्न विशेष बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्नेछ।

बैंकका अनुसार, यो सहकार्य समावेशी र मूल्य(आधारित बैंकिङ अवधारणामा आधारित छ, जसले नेपालका पेसागत वर्गलाई सुलभ र प्रभावकारी वित्तीय पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ। वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टहरूको योगदानलाई सम्मान गर्दै बैंकले विशेष सेवा प्याकेज सार्वजनिक गरेको हो।

एक्यान सदस्यहरूका लागि उपलब्ध विशेष सेवाहरू :

1.कर्जा लिँदा प्रशासनिक शुल्कमा विशेष छुट
2.कागजात प्रक्रिया सरल र छरितो
3.एनएमबि ख्क्ष्क्ब् प्लेटिनम क्रेडिट कार्ड सुविधा
4.ग्रीन सेभिङ्स खाता सहितका डिजिटल र कार्ड सेवाहरू
5.व्यक्तिगत सम्बन्ध व्यवस्थापनसहितको प्राथमिक बैंकिङ सेवा
6.बैंकले यो सहकार्य आफ्नो सेवा विस्तारको रणनीतिक हिस्साका रूपमा लिएको जनाएको छ, जसले पेसागत वर्गलाई लक्षित गर्दै दिगो र पहुँचयोग्य बैंकिङ समाधान दिने उद्देश्य राखेको छ।

Top Changing Nepal

युट्युब सट्स