• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • ६ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • ७ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • ८ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • ९ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • ९ घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • १० घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • १० घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • २. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ३. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ४. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ५. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ६. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • ७. सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ८. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • ९. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • १०. राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर र युरोको भाउमा सामान्य गिरावट

युवाहरुको भविष्य सुरक्षित बनाउन नबिल बैंकको “कर्मशील बचत खाता”

जानकारी केन्द्र २०८२, जेष्ठ, १३

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा ४० वर्षभन्दा बढी समयदेखि विश्वासको प्रतीक बनेको नबिल बैंकले सबै वर्गका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न बचत खाता योजना सञ्चालनमा ल्याएको छ। तीमध्ये विशेषगरी युवालाई केन्द्रमा राखेर ल्याइएको “कर्मशील बचत खाता” अत्यन्तै उपयोगी र सुविधासम्पन्न योजना हो।

नयाँ पुस्ताको आर्थिक आवश्यकता, सपना र सम्भावनालाई मध्यनजर गर्दै नबिल बैंकले देश तथा विदेशमा रहेका कर्मशील युवाहरूलाई लक्षित गरी यो खाता योजना सुरु गरेको हो। यद्यपि यो योजना विगत लामो समायदेखि नै सञ्चालित रहँदै आएको भए पनि, समयसापेक्ष परिमार्जन गर्दै अझ आधुनिक र सान्दर्भिक बनाइएको छ। खाता खोल्दा कुनै झन्झटबिना तुरुन्तै खोल्न सकिने व्यवस्था छ ।

कर्मशील बचत खाता १८ वर्ष पुगेका सबै नेपाली नागरिकले (देश वा विदेशमा रहेका) सजिलै खाता खोल्न सक्ने व्यवस्था रहेको छ । विदेशमा रहेका युवाले पनि आफ्नै मोबाइल नम्बर प्रयोग गरी यो खाता खोल्ने तथा कारोबार गर्ने व्यवस्था मिलाइएको छ, जसले गर्दा दूरीको सीमाले आर्थिक पहुँचमा बाधा र्पुयाउन नपाओस् ।

सुविधाको खजाना शून्य मौज्दात, शून्य झन्झट
यस खाताको विशेषता भनेको कुनै पनि खालको प्रारम्भिक मौज्दात नचाहिने र खाता खोल्दा कुनै शुल्क नलाग्ने हो । पहिलो वर्षमा डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा निःशुल्क प्रदान गरिन्छ, जसले युवाहरुलाई डिजिटल बैंकिङमा सहज प्रवेश गराउँछ । त्यसैगरी, खाताधारक र उनका परिवारका सदस्यलाई लकर सेवामा २५ प्रतिशतको विशेष छुट प्रदान गरिनेछ, जसले भौतिक सम्पत्तिको सुरक्षामा पनि बैंकको भूमिका देखाउँछ ।

स्वास्थ्य सुरक्षादेखि बीमासम्म
नबिल बैंकले केवल वित्तीय सेवा मात्र होइन, स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिएको छ। कर्मशील बचत खाताबाट आवद्ध ग्राहकलाई १३ प्रकारका प्राणघातक रोगको लागि रु.३ लाखसम्मको बीमा सुविधा प्रदान गरेको छ । यो सुविधा प्राप्त गर्न खातामा न्यूनतम मौज्दात रु.१ लाख हुनु पर्नेछ।

ऋण सुविधा
बैंकले केही गर्छु भन्ने युवाका लागि लक्षित विशेष ऋण सेवा समेत उपलब्ध गराएको छ । आफ्नो व्यवसायिक सपना पुरा गर्न चाहने र केही गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्ने बैंकको योजना हो। बैंकका अनुसार, कर्मशील बचत खाता खोल्ने युवाहरूलाई विशेष आकर्षक ब्याजदरमा ऋण सुविधा समेत उपलब्ध गराएको छ ।

रेमिट्यान्स पहुँचमा सरलता
विदेशमा श्रमजीवी युवाहरुलाई लक्षित गर्दै नबिल बैंकले यो खातामार्फत रेमिट्यान्स सेवा समेत सहज बनाएको छ । युवाहरुले विदेशबाट नेपालमा रकम पठाउन, सुरक्षित रूपमा बचत गर्न तथा अन्य बैंकिङ सेवाहरू सरल तरिकाले उपयोग गर्न सक्नेछन् । यो पहलले युवालाई पारिवारिक र सामाजिक जिम्मेवारी वहनमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।

बहुविकल्पीय बचत खाता बीच विशेष आकर्षण
हाल नबिल बैंकले बालबालिकाका लागि “बाल बचत”, महिलाका लागि “नारी बचत”, ज्येष्ठ नागरिकका लागि “ज्येष्ठ नागरिक बचत”, तलबधारी कर्मचारीका लागि “पेरोल खाता” लगायत २० प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ। यी सबै खाताबीच “कर्मशील बचत खाता” युवाहरुलाई समर्पित विशेष आकर्षणको रुपमा अघि आएको हो।

आर्थिक सशक्तीकरणको दिशामा दृढ पाइला
नकिल बैंकको यो प्रयास केवल बैंकिङ सेवामा सीमित छैनः यो अभियान हो युवाहरुलाई औपचारिक वित्तीय प्रणालीमा समेट्ने र उनीहरुको दीर्घकालीन आर्थिक सशक्तीकरणको आधार तयार गर्ने । कर्मशील बचत खाता नयाँ पुस्ताका सपनालाई सुरक्षित भविष्यमा रूपान्तरण गर्ने हेतुले गरिएको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

ताजा

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.