काठमाडौं । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमवार १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको जनाएको थियो ।
उता, हिजो चाँदीको मुल्य प्रति तोला २ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।