क्यानडाको क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम सम्पन्न
काठमाडौं । क्यानडास्थित क्यालगरी शहरमा सगरमाथा दिवस मनाइएको छ । गत मे २८ मा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ ।
अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवम् गैरआवासीय नेपाली सङ्घ क्यानडाको समेत संयोजनमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
कार्यक्रमको अध्यक्षता च्याम्बरका अध्यक्ष समीर पाण्डेले गरेका थिए भने सञ्चालन च्याम्बरका सचिव किरण खरेलले गरेका थिए ।
कार्यक्रमका मुख्य अतिथि डेभ रोड्नी तथा मिङ्मा तेन्जिङ शेर्पा रहेका थिए । दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड्नी अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका विशेष सल्लाहकार समेत हुन् । रोड्नी अल्बर्टाले प्रान्तको पटक–पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेको बताइएको छ।
कार्यक्रममा रोड्नीले आफू सगरमाथा आरोहण गर्दा को अनुभवसहित प्रेरणादायक प्रस्तुतिसहितको शब्दचित्रसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमका अर्का आकर्षणको रूपमा उपस्थित मिङ्मा शेर्पा सगरमाथा आरोही हुन् । उनले कार्यक्रममा हिमलय क्षेत्रको महत्त्व र आरोहणका बारेमा विचार राखेका थिए ।
नेपाल र क्यानडा दुबै देशका राष्ट्रिय गानबाट कार्यक्रमको शुभारंभ भएको थियो भने नेपालको साङ्गीतिक प्रस्तुति पनि पस्किइएको थियो । कार्यक्रमका अतिथिहरूलाई च्याम्बरका सञ्चालक ध्रुव राईले खादा पहिर्याएका थिए भने च्याम्बरका अध्यक्ष समीर पाण्डेले खादासहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा क्यानडास्थित नेपाली राजदूत भरतराज पौडेलले पठाएको शुभकामना सन्देश भिडिओमार्फत प्रस्तुत गरिएको थियो । त्यसैगरी, नेपाल टुरिजम बोर्डका तर्फबाट लक्ष्मण गौतम, ट्रेकिङ एजेन्सी अफ नेपाल (टान) का तर्फबाट रामचन्द्र सेढाईं तथा त्रिभुवन विश्वविद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभागबाट डा.पशुपति न्यौपानेबाट प्राप्त शुभकामना सन्देशहरू भिडिओमार्फत प्रस्तुत गरिएको थियो।
नेपालस्थित यी तिनै संस्था तथा निकाय र अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सबीच सहकार्यका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ र नेपालस्थित यी संस्थाहरू र अल्बर्टा च्याम्बर मिलेर नेपालको पर्यटन प्रवर्द्धन कार्यमा सहकार्यको सुरूआत भइसकेको बताइएको छ।
कार्यक्रममा क्यालगरीस्थित नेवाः समाज, तामाङ समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस)का प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा च्याम्बरका अध्यक्षले पाहुनाहरूलाई स्वागत गरेका थिए । एनसीएसीका अध्यक्ष प्रकाश बस्याल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष माधव दुलालले मन्तव्य राखेका थिए । नेपाली मेला, २०२५ का संयोजक श्रीकान्त अर्यालले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए भने च्याम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालस्थित हिमालय क्षेत्र र विशेषगरी सगरमाथाको ऐतिहासिक महत्त्वसहितको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमको प्राविधिक संयोजन च्याम्बरका सञ्चालक विक्रम अधिकारीले गरेका थिए भने व्यवस्थापकिय जिम्मेवारीको भूमिका च्याम्बरका कोषाध्यक्ष अनन्त आचार्यले निभाएका थिए।
एनसीएससीका सचिव घनेन्द्र न्यौपानले आमन्त्रित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
