• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १५ घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १८ घण्टा 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • २० घण्टा 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • २१ घण्टा 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ८. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ९. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • १०. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

क्यानडाको क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम सम्पन्न

जानकारी केन्द्र २०८२, जेष्ठ, १९

काठमाडौं । क्यानडास्थित क्यालगरी शहरमा सगरमाथा दिवस मनाइएको छ । गत मे २८ मा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ ।

अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवम् गैरआवासीय नेपाली सङ्घ क्यानडाको समेत संयोजनमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

कार्यक्रमको अध्यक्षता च्याम्बरका अध्यक्ष समीर पाण्डेले गरेका थिए भने सञ्चालन च्याम्बरका सचिव किरण खरेलले गरेका थिए ।

कार्यक्रमका मुख्य अतिथि डेभ रोड्नी तथा मिङ्मा तेन्जिङ शेर्पा रहेका थिए । दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड्नी अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका विशेष सल्लाहकार समेत हुन् । रोड्नी अल्बर्टाले प्रान्तको पटक–पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेको बताइएको छ।

कार्यक्रममा रोड्नीले आफू सगरमाथा आरोहण गर्दा को अनुभवसहित प्रेरणादायक प्रस्तुतिसहितको शब्दचित्रसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अर्का आकर्षणको रूपमा उपस्थित मिङ्मा शेर्पा सगरमाथा आरोही हुन् । उनले कार्यक्रममा हिमलय क्षेत्रको महत्त्व र आरोहणका बारेमा विचार राखेका थिए ।

नेपाल र क्यानडा दुबै देशका राष्ट्रिय गानबाट कार्यक्रमको शुभारंभ भएको थियो भने नेपालको साङ्गीतिक प्रस्तुति पनि पस्किइएको थियो । कार्यक्रमका अतिथिहरूलाई च्याम्बरका सञ्चालक ध्रुव राईले खादा पहिर्‍याएका थिए भने च्याम्बरका अध्यक्ष समीर पाण्डेले खादासहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा क्यानडास्थित नेपाली राजदूत भरतराज पौडेलले पठाएको शुभकामना सन्देश भिडिओमार्फत प्रस्तुत गरिएको थियो । त्यसैगरी, नेपाल टुरिजम बोर्डका तर्फबाट लक्ष्मण गौतम, ट्रेकिङ एजेन्सी अफ नेपाल (टान) का तर्फबाट रामचन्द्र सेढाईं तथा त्रिभुवन विश्वविद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभागबाट डा.पशुपति न्यौपानेबाट प्राप्त शुभकामना सन्देशहरू भिडिओमार्फत प्रस्तुत गरिएको थियो।

नेपालस्थित यी तिनै संस्था तथा निकाय र अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सबीच सहकार्यका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ र नेपालस्थित यी संस्थाहरू र अल्बर्टा च्याम्बर मिलेर नेपालको पर्यटन प्रवर्द्धन कार्यमा सहकार्यको सुरूआत भइसकेको बताइएको छ।

कार्यक्रममा क्यालगरीस्थित नेवाः समाज, तामाङ समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस)का प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा च्याम्बरका अध्यक्षले पाहुनाहरूलाई स्वागत गरेका थिए । एनसीएसीका अध्यक्ष प्रकाश बस्याल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष माधव दुलालले मन्तव्य राखेका थिए । नेपाली मेला, २०२५ का संयोजक श्रीकान्त अर्यालले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए भने च्याम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालस्थित हिमालय क्षेत्र र विशेषगरी सगरमाथाको ऐतिहासिक महत्त्वसहितको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमको प्राविधिक संयोजन च्याम्बरका सञ्चालक विक्रम अधिकारीले गरेका थिए भने व्यवस्थापकिय जिम्मेवारीको भूमिका च्याम्बरका कोषाध्यक्ष अनन्त आचार्यले निभाएका थिए।

एनसीएससीका सचिव घनेन्द्र न्यौपानले आमन्त्रित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

ताजा

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.