• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ फागुन २०८२, मङ्गलबार
१२ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सिराहामा २० किलो गाँजा बरामद

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ५. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ६. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

  • १०. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त

किभ । युक्रेनले ४१ रुसी लडाकु विमान नष्ट गरेको छ ।  युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार युक्रेनले मुर्मान्स्कको ओलेन्या एयर बेस, इर्कुट्स्कको बेलाया एयर बेस, इभानोभोको इभानोभो एयर बेस र रुसको ड्यागिलेभो एयर बेसलाई निशाना बनाउँदै ४१ लडाकु बिमान नष्ट गरिदिएको दावी गरेको हो ।

रुसको बेलाया एयरबेस युक्रेनी सीमाबाट ४ हजार किलोमिटर टाढा छ । यो रूसको साइबेरिया क्षेत्रमा अवस्थित छ। रिपोर्टका अनुसार युक्रेनको सुरक्षा एजेन्सीले यो हमला गरेको थियो, जसमा फर्स्ट पर्सन भ्यू (एफपीभी) ड्रोन प्रयोग गरिएको थियो। जसले रूसको ए–५०, टीयू–९५ र टीयू–२२ जस्ता रणनीतिक बम वर्षक बिमानलाई निशाना बनाएको थियो ।

एक एसबीयू अधिकारीले भने कि उनीहरूले आत्मरक्षाका लागि यो आक्रमण गरेका हुन । किनकि, यी रूसी विमानहरूले प्रायः युक्रेनी शहरहरूमा बम खसालिरहेका थिए।

रुसले युक्रेनको यो छुपारूस्तम आक्रमणले क्षति भएको स्विकारेको छ । प्रारम्भिक अनुमान अनुसार क्षतिको लागत २ अर्ब अमेरिकी डलर भन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

अचम्म त यो छ कि भोली सोमबार टर्कीको इस्तानबुलमा शान्ति वार्ता हुन लागेको र सीमापार भिडन्त तिब्र भएको बेला यो हमला भएको हो।

युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयूं) ले आफ्नो ड्रोनले रुस भित्र धेरै टाढा गएर टियु–९५, टियु–२२ जस्ता ठूला बमवर्षक र ए–५० जस्ता महँगो जासुसी विमानलाई क्षति पुर्याएको दावी गरेको छ । जसमध्ये ए–५० विमान धेरै दुर्लभ बिमान हुन किनभने यो रूससँग मात्र १० विमानहरू छन्। एउटा विमानको मूल्य करिब ३५० मिलियन डलर रहेको बताइएको छ ।

रुसको इर्कुत्स्क क्षेत्रमा रहेको ‘बेलाया’ नामक एयरबेसलाई विशेषगरी यस हमलामा निशाना बनाइएको थियो । ‘ओलेन्या’ एयरबेसमा पनि आगलागी भएको खबर आएको छ तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।

टियु–९५ र टियु– १६० जस्ता विमानहरू पुराना हुन सक्छन् तर पनि तिनीहरू लामो दूरीसम्म उड्न सक्छन् र धेरै मिसाइलहरू बोक्न सक्छन्। यी रूसी वायु सेनाको सबैभन्दा शक्तिशाली हतियारमा गणना गरिन्छ। ति बिमानहरूको क्षति युक्रेनको लागि ठूलो उपलब्धि मानिएको छ । युक्रेनले पनि आफ्नो ड्रोन मिसन जारी रहने बताएको छ।

ओलेन्या एयर बेस रूसको मुर्मन्स्क क्षेत्रमा छ। त्यहाँका गभर्नरले शत्रुको ड्रोनले आक्रमण गरेको बताए तर उनले धेरै जानकारी साझा गरेका भने छैनन्। यद्दपी, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एफपीभी ड्रोन नजिकको ट्रकबाट उडेको देख्न सकिन्छ।

मिडिया रिपोर्टका अनुसार एसबीयूले यो आक्रमणको लागि करिब १८ महिनादेखि तयारी गरिरहेको थियो। उनले यो अपरेशनलाई ‘स्पाइडर वेब’ नाम दिएको थियो । यो मिसन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफैंले अनुगमन गरिरहेका थिए। एकै समयमा यो एसबीयू प्रमुख वसिल मलिकको निरीक्षणमा भइरहेको थियो।

युक्रेनी मिडिया रिपोर्टका अनुसार ड्रोनहरू पहिले रसियामा गुपचुप तरिकाले पठाइएको थियो र त्यसपछि लरीहरूमा राखिएको काठको क्याबिनहरूमा लुकाइएको थियो। जब आक्रमण गर्नु पर्ने थियो, ती ट्रकहरूबाट ड्रोनहरू निशानामा प्रक्षेपण गरिएको थियो।

युक्रेनी एजेन्टहरूले गोप्य रूपमा एफपीभी ड्रोन र काठको मोबाइल क्याबिनहरूमार्फत रूसमा गुपचुप लगेका थिए। यी ड्रोनहरू ट्रकको छाना मुनि लुकाइएको थियो, जसलाई टाढाबाट नियन्त्रण गर्न सकिन्थ्यो। जब आक्रमण सुरु भयो । ट्रकहरूको छाना खुल्यो र कामिकाजे ड्रोनहरू सीधा रूसी बम वर्षक बिमानतिर पठाइयो।

त्यसो त एक्सियोसले युक्रेनी अधिकारीलाई उद्धृत गर्दै युक्रेनले आक्रमण गर्नुअघि ट्रम्प प्रशासनलाई जानकारी दिएको बताएको छ ।

रुसको टेलिग्राम च्यानलले फुटेज साझा गरेको छ, जसमा केही व्यक्ति ट्रकमा चढेर ड्रोनलाई रोक्न खोजिरहेका छन्। विभिन्न रूसी सैन्य एयरबेसका तस्बिरहरूले जलेको विमान र आगोको मुस्लो देखाएको छ तर कुल क्षतिको अझै सही अनुमान गरिएको छैन।

मस्को नजिकै भोस्क्रेसेन्स्कमा जलिरहेको एयरबेसको भिडियो पनि बाहिर आएको छ, ड्रोनले टियु ९५ लडाकु विमानलाई नष्ट गरेको देखाएको छ। करिब ४०,००० डलर लागतको एफपिभी ड्रोन विमानको नजिकै रोकिन्छ र रूसी बिमानलाई निशाना बनाउँछ।

बेलायती रक्षा मन्त्रालयका अनुसार सन् २०२५ मा रुससँग ४० वटा टु–९५ लडाकु विमान हुनेछन् । यसमा ४ इन्जिन छन् र धेरै हतियार बोक्न सक्षम छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिराहामा २० किलो गाँजा बरामद
आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

ताजा

सिराहामा २० किलो गाँजा बरामद

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • सिराहामा २० किलो गाँजा बरामद
  • आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • ‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार
  • छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला
  • २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.