रौतहटमा ट्रक र विद्युतीय गाडी ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते
जानकारी केन्द्र
२०८२, जेष्ठ, २२
रौतहट । चन्द्रपुर-१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी थप दुई जना घाइतेसमेत भएका छन् ।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइडपट्टी ठक्कर खाइ दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी सर्लाही रामनगर–१ खैरवाका ३६ वर्षीया भगिया देवी, सर्लाही रामनगर–१ खैरवाकै ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
