सर्लाहीमा कन्टेनरको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु
सर्लाही । सर्लाही स्थित्त बागमती नगरपालिका ११ बागमती पुल नजिकै पुर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाईकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौत्तहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने कान्छा लाल योन्जनको छोरा बर्ष २१ को गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन्।
गएराती १० बजे बागमती पुल छेउमा चन्द्रपुरबाट हरिवन तर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ख ००७० नम्बरको कन्टेनर डब्बा गाडिले बिपरित दिशा तर्फबाट जाँदै गरेको प्रदेश ३-०२-०१४ प ९८७७ मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गोपाल योन्जनको शरिरको बिभिन भागमा चोट लागेको थियो।
घाईते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राती ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले जानकारी दिएका छन्।
दुर्घटनामा परेको मोटरसाईकल,कन्टेनर डब्बा गाडी र कन्टेनर चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने बर्ष ३८ को ओम बहादुर लामालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय हरिवन तर्फ पठाईएको सर्लाही प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
