सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको अबैध कपडा बरामद
जनकपुरधाम । धनुषा जिल्लाको धनौजी गाउँपालिका–१ लखौरी सीमा इलाका नजिकै सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको सन्युक्त टोलिले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको विशेष सूचनाको आधारमा भारतबाट भन्सार छली ल्याउँदै गरेको १५ लाख बराबरको कपडा संयुक टोलीले बरामद गरेको हो। बरामद कपडा आवशयक कारवाहीको लागि शुक्रवार जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशको प्रमुख डिआईजी कृष्ण ढकालले सशस्त्र प्रहरी बललाई सीमाक्षेत्रमा सक्रिय भएर तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।
डिआईजी ढकाल मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुखको रूपमा हाजिर भएदेखि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको छ । डिआईजी ढकालले राजश्व छली, तस्करी, अपराधिक क्रियाकलापहरु विरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रदेशभरिका सशस्त्र प्रहरीलाई कडा निर्देशन दिएको बताएका छन् ।
उनले आर्थिक, राजनीतिक ,सामाजिक कुनै किसिमको दबाब प्रभावमा नपरेर काम गर्न निर्देशन दिएका छन्।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
