• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ७ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • ८ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • ८ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • ९ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १५ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

  • २. नबिल बैँकद्धारा १६ स्थानमा सिपमूलक वित्तिय साक्षरता र उद्यमशीलता विकास तालिम सञ्चालन

  • ३. बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

  • ४. २०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

  • ६. २०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

  • ८. गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक

  • ९. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सबन्ध

जानकारी केन्द्र २०८२, जेष्ठ, २५

इस्लामबाद । पाकिस्तान चीनसँग धेरै नजिकको सबन्ध रहेको छ । त्यसमा पनि पाकिस्तानसँग चीनलाई नजिकको सबन्ध बनाउनका लागि गधाले धेरै महत्वपुर्ण भुमिका खेलिरहेको छ । चीन पाकिस्तानि गधाको सबैभन्दा ठुलो  आपूर्तिकर्ता हो ।

पाकिस्तानमा गधाको जनसंख्या ५९ लाख छ र पाकिस्तानि मिडिया डनको रिपोर्ट अनुसार पछिल्ला ३ वर्षमा यसमा निरन्तर वृद्धि भइरहेको छ। विशेष कुरा के छ भने पाकिस्तानमा यति धेरै गधा छन् कि यो अफ्रिकी देश इथियोपिया र सुडानपछि सबैभन्दा धेरै गधा भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको छ। तर, अझ डरलाग्दो कुरा के छ भने गधाको संख्या बढे पनि पाकिस्तानभित्र गधाको मूल्य भने निरन्तर बढिरहेको छ। र यसको सबैभन्दा ठूलो कारण चीनमा पाकिस्तानी गधाको माग तीव्र गतिमा बढनु हो ।  उसो भए यो प्रश्न उठछ कि चीनले पाकिस्तानी गधालाई के गरिरहेको छ ?

वास्तवमा, चीनले गधाबाट एक प्रकारको औषधि बनाउँछ, जसको नाम अजियाओ हो। र, चीनमा अजियाओको बढ्दो माग पूरा गर्न हरेक वर्ष लाखौं गधा मारिन्छन् । अजियाओ परम्परागत चिनियाँ औषधिमा प्रयोग हुने जिलेटिन हो। यो तरल पदार्थ गधाको छाला उमालेर तयार गरिन्छ। यस्तो अवस्थामा चीनमा गधाको छालाको बढ्दो माग पूरा गर्न उसले पाकिस्तानसँग विशेष चासो देखाइरहेको छ।

अब तपाईको दिमागमा यो विचार आउन सक्छ कि यो सुप जस्तो देखिने अजियाओमा के खास छ कि चीनका जनता यसको लागि पागल भइरहेका छन्। वास्तवमा, अजियाओ परम्परागत चिनियाँ चिकित्सामा शीर्ष तीन ‘टनिक’ मध्ये एक मानिन्छ। र, चीनमा विगत ३ हजार वर्षदेखि यसको निरन्तर प्रयोग भइरहेको छ । र, यो चिनिया टनिक पछिल्ला केही दशकहरूबाट भने इन्डोनेसिया, सिंगापुर र हङकङ जस्ता विश्वका अन्य देशहरूमा यसको क्रेज बढ्दै गएको छ ।

अब यसको उत्पादनमा संलग्न कम्पनीहरूले विश्वभर यसको पहुँच र प्रयोग विस्तार गरिरहेका छन्। रिपोर्टहरूका अनुसार अजियाओको व्यापक रूपमा  थकान कम गर्न, प्रतिरक्षा प्रणाली सुधार गर्न, ट्यूमर हटाउन र एनीमिया निको पार्ने प्रभावहरूको लागि प्रयोग गरिन्छ।

सन २०१३–२०१६ को बीचमा चीनमा अजियाओको वार्षिक उत्पादन ३२०० बाट एकैपटक ५६०० टनमा बढेको थियो ।  तर, त्यसपछिको पाँच वर्षमा यसको उत्पादन १६० प्रतिशतले बढेको छ । चीनमा मध्यम वर्ग बढ्दै गएको छ र यससँगै अजियाओको माग पनि बढिरहेको छ । अहिले त्यो बढ्दो माग पूरा गर्न लाखौं गधाको छाला चाहिन्छ।

जसका कारण पाकिस्तानबाट गधा आयात गर्न चीन लाचार भएको छ । कारण आफ्नै देशमा गधाको संख्या ह्वात्तै घटेको अवस्था छ । समाचार अनुसार सन् १९९० मा ५६ लाख रहेको चीनमा गधाको संख्या २०२२ मा घटेर ८.६ लाख पुगेको छ, जुन ८० प्रतिशतले ठूलो गिरावट हो । जसका कारण अफ्रिका, दक्षिण अमेरिका र एसिया लगायतका विदेशी सप्लायरतर्फ जान बाध्य भएको थियो ।

तर, गत वर्ष अफ्रिकन युनियन (अफ्रिकी देशहरूको संगठन) ले गधाको छालाको व्यापारमा प्रतिबन्ध लगाएपछि चीनको लागि पाकिस्तान मात्रै आपूर्तिकर्ता रह्यो। त्यसयता पाकिस्तानबाट चीनमा गधाको छाला वा छाला आपूर्ति हुने क्रम तीव्र गतिमा बढेको छ । जसका कारण पाकिस्तान भित्र पनि गधाको मूल्य ह्वात्तै बढेको छ । रिपोर्टका अनुसार ठूला गधा जातका गधाको मूल्य पछिल्लो ५ देखि १० वर्षमा दोब्बर भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

ताजा

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.