रोनाल्डोले गरे “क्लब विश्वकप नखेल्ने” घोषणा
काठमाडौं । क्रिष्टियानो रोनाल्डोले क्लब विश्वकपमा नखेल्ने भएका छन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको टूर्नामेंटमा फुटबलको सबैभन्दा ठूलो आकर्षण हुने आशालाई धक्का दिँदै उनले क्लब विश्वकप नखेल्ने घोषणा गरेका हुन् ।
पोर्चुगली फुटबल स्टारले शनिबार भने कि जुन १४ वाट सुरु हुने प्रतियोगितामा सहभागी क्लबहरूबाट धेरै प्रस्तावहरू प्राप्त गरे पनि ती मध्ये कुनै पनि स्वीकार नगर्ने निर्णय गरेको जनाए ।
रोनाल्डोले भनेका छन्, ‘केही कुराको बारेमा कुरा गर्नु अर्थपूर्ण हुन्छ, अरु कुराले गर्दैन र एक व्यक्तिले भनेजस्तै तपाईले सबै कुरामा भाग लिन सक्नु हुन्न।’
‘तपाईले छोटो, मध्यम र दीर्घकालीन बारे सोच्नु पर्छ, यो मेरो तर्फबाट क्लब विश्वकपमा नजाने व्यावहारिक निर्णय हो, तर मैले जानेका लागि धेरै निमन्त्रणाहरू पाएको छु।’
रोनाल्डोले स्पेनविरुद्ध पोर्चुगलको युइएफए नेसन्स लिगको फाइनल खेल्नुभन्दा एक दिनअघि म्युनिखमा बोल्दै यो धारणा सार्बजनिक गरेका हुन् ।
४० वर्षिय खेलाडीले बुधबार जर्मनी विरुद्धको सेमिफाइनलमा २–१ को जित निकाल्दै १३७ औं अन्तर्राष्ट्रिय गोल गर्दै पोर्चुगललाई फाइनलमा पुर्याएका थिए ।
‘यो अहिले अप्रासंगिक छ,’ रोनाल्डोले फिफा क्लब विश्वकपको बारेमा पहिलो पटक सोध्दा भने, ‘राष्ट्रिय टोली बाहेक अरु कुरा गर्नुको कुनै अर्थ छैन।’
सम्बन्धित समाचार
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

