रातमा खानै नहुने यी हुन तीन खानेकुरा
काठमाडौं । खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। हामीले दिनभर के खाने र पिउने कुराले हाम्रो शरीरमा असर गर्छ। यो कुरा धेरैजसोलाई थाहा छ तर के तपाईलाई थाहा छ कि स्वस्थकर खानपानका साथसाथै हामीले खाने समयमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुने गर्छ।
सरल भाषामा भन्नुपर्दा कहिलेकाहीँ गलत समयमा स्वस्थकर खानेकुरा खाँदा पनि शरीरलाई फाइदा हुँदैन । यसको विपरीत, गलत समयमा खाएको स्वस्थ चीजहरू पनि कहिलेकाहीं हानिकारक हुन सक्छ। यस्तै सबालमा पोषणविद्हरूले यस्ता ३ कुराको बारेमा बताएका छन, जसलाई सामान्यतया स्वस्थ्य मानिन्छ तर राती भने खानु हुदैँन् । उनीहरूका अनुसार कम्तिमा रातिमा यी ३ चिज खानु हुदैँन् ।
सलाद
पोषणबिदहरू भन्छन, ‘आज धेरैजसो पश्चिमी संस्कृतिबाट प्रभावित भएकाले बेलुकाको खानामा सलाद खान रुचाउँछन् । सलाद स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर रातिको समयमा यसलाई खानु हुँदैन । पोषणविद्हरूका अनुसार काँचो तरकारी पचाउन धेरै समय लाग्छ, त्यसैले राती खाँदा ग्यास र अपचजस्ता समस्या हुन सक्छ।
फलफूल
फलफूल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, पोषणविद्हरूले राति कुनै पनि फलफूल नखान सल्लाह दिन्छन् । फलफूलमा सक्रिय इन्जाइमहरू हुन्छन्, जसले शरीरमा ऊर्जाको स्तर बढाउँछ। यद्यपि, तपाईंलाई रातमा यो ऊर्जा चाहिँदैन। यसका साथै फलफूलमा पाइने प्राकृतिक चिनी रातिको समयमा पनि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा साँझ ५ बजेपछि फलफूल नखान पोषणविद्हरूले सल्लाह दिन्छन् ।
स्टार्चयुक्त खानाहरू
यी सबै बाहेक पोषणविद्हरूले रातिमा स्टार्चयुक्त खानेकुरा नखान सल्लाह दिन्छन्। फलफूल र सलाद बाहेक स्टार्चले भरपूर खानेकुरा स्वास्थ्यका लागि अस्वास्थ्यकर मानिन्छ । त्यसैगरी, यी चिजहरु राति खाँदा तपाईलाई थप हानि पु¥याउन सक्छ ।
त्यसो भए बेलुकाको खाना के कसरी खाने त ?
यी चीजहरू बाहेक पोषण विशेषज्ञहरूले रातको खाना धेरै हल्का खानपिनको सल्लाह दिन्छन्। यसका लागि डिनरमा विभिन्न दानाबाट बनेको खिचडी खान सकिन्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

