तीन दिनमा तोड्यो हाउसफूल : ५ ले १० बलिउड फिल्मको रेकर्ड
मुम्बई । बलिउड सुपरस्टार अक्षय कुमारको मल्टिस्टार कमेडी फिल्म ‘हाउसफुल ५’ हलमा रिलिज भएको चार दिन भइसकेको छ । यो फिल्मले हलमा निरन्तर ठुलो कमाई गरिरहेको छ । फिल्मको तेस्रो दिनको बक्स अफिस रिपोर्ट आउँदा नै यसले तरङ्ग मच्चाउन सफल भएको छ ।
रिलिजको तेस्रो दिनमा नै ‘हाउसफुल ५’ ले कमाईको मामिलामा अजय देवगनको ‘रेड’ मात्र नभई सलमान खानको ‘सिकंदर’लाई पनि पछाडि छाडिसकेको यस बाहेक अन्य ८ चलचित्रको रेकर्ड पनि तोडि दिएको छ ।
अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म ‘हाउसफुल ५’ ले ओपनिङको दिनमा उत्कृष्ट सुरुवात गरेको थियो र यो फिल्म लामो दूरीको घोडा हो भन्ने प्रमाणित गरिसकेको छ । सैकनिल्कको रिपोर्ट अनुसार यो फिल्मले ओपनिंग दिनमा २४ करोडको उत्कृष्ट कलेक्सन गरेको थियो भने फिल्मले शनिबार अर्थात दोस्रो दिन ३१ करोड रुपैयाँ कमाएको थियो भने आइतबार तेस्रो दिन फिल्मले ३२ करोड रुपैयाँ कमाएर नयाँ रेकर्ड बनाएको हो ।
र, ‘हाउसफुल ५’ ले रिलिज भएको चार दिनमै ठूलो कमाई गर्दै सय करोडको नघाएको छ । तीन दिनमा मात्रै यसको कुल कलेक्सन ८७ करोड पुगेको पनि थियो ।
साथै, ‘हाउसफुल ५’ यो वर्ष २०२५ को तेस्रो धेरै कमाउने फिल्म बनिसकेको छ। यसअघि ‘छाव’ र ‘सिकन्दर’ सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेका थिए र, तेस्रो दिनमा ‘हाउसफुल ५’ ले कमाईका साथ ‘सिकन्दर’लाई पछाडि नै छोडेको छ । यस बाहेक यसले मालेगाउँको सुपर ब्वाईज, इमर्जेन्सी, केसरी च्याप्टर २, स्काई फोर्स, जाट, फतेह, रेड २, देवा र द भूतनीको पनि रेकर्ड तोडिसकेको छ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
