नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बाँडफाँड सम्पन्न
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्सपो २०२५ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा सहभागी ब्रान्डलाई स्टल बाँडफाँड गरिएको बताइएको छ ।
एक्सपोमा ४ पाङ्ग्रे, २ पाङ्ग्रे र कमर्सियल गरी कुल ५० ब्रान्ड सहभागी हुने बताइएको छ । यी ब्रान्डका लागी ४८ वटा स्टल तोकिएकोमा २१ वटा ४ पाङ्ग्रे सवारी ब्रान्ड, १८ वटा २ पाङ्ग्रे सवारी ब्रान्ड र ९ वटा व्यावसायिक सवारी साधन ब्रान्ड रहनेछन् ।

‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूको सक्रिय सहभागिता अत्यन्त उत्साहजनक छ । सम्पूर्ण स्टलहरू बुक भइसकेका छन् र अब हामी सफल कार्यान्वयनमा केन्द्रित भएका छौं’ नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।
वैद्यका अनुसार, नेपालमा मोबिलिटी क्षेत्रको दिगो विकासका लागि नीति निर्माणदेखि अन्तर्राष्ट्रिय तहसम्म सक्रिय पैरवी गर्दै आएको छ । एक्सपोले परम्परागत प्रदर्शनीको ढाँचामा नवीनता थप्ने र व्यवसायीहरूलाई आफ्नो सवारीसाधनको सोकेस आकर्षक तवरले गर्न पाउने अवसर प्रदान गरेको छ । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालिले गर्नेछ ।

एक्सपोमा ४ पाङ्ग्रे सवारी ब्रान्डहरूतर्फ बीवाइडी, सिट्रोनन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केयी, किया, लीपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा÷जेको, प्यूजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन तथा जीकर सहभागी हुने छन् ।
यस्तै, दुई पाङ्ग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनेली, सिएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडिया, जिहोलगायत ब्राण्ड सहभागी हुनेछन् भने कमर्सियल भेइकलतर्फ चेरी वान्डा, डोङफेङ, फ्यारीजोन, हाउजी, कामा, क्यारी, किङलङ तथा सनलङ सहभागी हुने बताइएको छ ।

नाइमाले सहभागी सम्पूर्ण ब्रान्डप्रति आभार व्यक्त गर्दै, आम सर्वसाधारणलाई एक्सपोमा सहभागी भई आगामी मोबिलिटी प्रविधिबारे जानकारी लिन सबैलाई आवहान गरेको छ ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
