गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड
रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन्। मेयर जैसवालको पहलमा गरुडाको बिभिन्न वडाहरुमा लाखौं रुपैयाँको लगानीमा अनेक किसिमका विकास निर्माणको काम सुरु गरिएको हो।
गरुडा ९ रघुनाथपुर श्रीपुरमा स्वास्थ्य चौकी भवनको छत ढलान कार्य शनिवार देखी सुरू भएको छ । करिब २० लाखको लागतमा निर्माण भइरहेको यो संरचना स्थानीय बासिन्दाहरूको सहज स्वास्थ्य सेवा पहुँचका लागि महत्वपूर्ण हुनेछ । उक्त अवसरमा आयोजित कार्यक्रममा मेयर जैसवालले स्वास्थ्य, शिक्षा र पूर्वाधार यिनै तीन आधारमा विकासको गति अघि बढाइरहेको बताए ।
गरुडा– ७ अन्तर्गत पिपरिया र भिनडाबरका किसानहरूलाई लक्षित गरी सिँचाइ सुविधा सुधार गर्न कृषि प्रयोजनका लागि विद्युत पोल जडान गरिएको छ ।
स्थानीय कृषकहरूलाई आधुनिक र सहज सिँचाइ पहुँच सुनिश्चित गर्दै आत्मनिर्भर कृषि प्रणालीतर्फको हाम्रो प्रतिबद्धता अझ बलियो बनाइएको मेयर जैसवालले बताए ।
त्यस्तै, गरुडा–२ गेडीगुठीमा किसानहरूको सिँचाइ सुविधा विस्तार गर्न विद्युतीय पोल जडान कार्य सुरु गरिएको छ । स्थानीय आवश्यकता र किसानको मागलाई प्राथमिकता दिँदै कृषि क्षेत्रमा सुधार ल्याउने हाम्रो प्रयास निरन्तर जारी रहेको उनको भनाई छ ।
गरुडा–६ पोठियाहीमा नगर बजेट अन्तर्गत १० लाख रुपैयाँको लागतमा १०० मिटर लम्बाइ र १४ फिट चौडाइको पक्की सडक ढलान कार्य भईरहेको छ। स्थानीय पूर्वाधारको विकासमार्फत जनताको दैनिक जीवन सहज बनाउन गरुडा नगरपालिका निरन्तर क्रियाशील रहेको छ ।
त्यस्तै गरुडा– ६ पोठियाहीमा १३१ मिटर लम्बाइको नाला निर्माण कार्य भईरहेको छ। नगर स्तरीय बजेटबाट ६ लाख ७५ हजार लागतमा निर्माण हुन लागेको यो नाला स्थानीय स्तरमा सरसफाइ, ढल निकास तथा वातावरणीय सुधारमा टेवा पुर्याउने विश्वास लिएको मेयर जैसवालले बताए ।
गरुडा नगरको समुन्नत र व्यवस्थित विकासका लागि यस्ता पूर्वाधार निर्माण कार्य निरन्तर अगाडि बढाइने उनले प्रतिवद्धता जनाएका छन्।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

