गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड
रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन्। मेयर जैसवालको पहलमा गरुडाको बिभिन्न वडाहरुमा लाखौं रुपैयाँको लगानीमा अनेक किसिमका विकास निर्माणको काम सुरु गरिएको हो।
गरुडा ९ रघुनाथपुर श्रीपुरमा स्वास्थ्य चौकी भवनको छत ढलान कार्य शनिवार देखी सुरू भएको छ । करिब २० लाखको लागतमा निर्माण भइरहेको यो संरचना स्थानीय बासिन्दाहरूको सहज स्वास्थ्य सेवा पहुँचका लागि महत्वपूर्ण हुनेछ । उक्त अवसरमा आयोजित कार्यक्रममा मेयर जैसवालले स्वास्थ्य, शिक्षा र पूर्वाधार यिनै तीन आधारमा विकासको गति अघि बढाइरहेको बताए ।
गरुडा– ७ अन्तर्गत पिपरिया र भिनडाबरका किसानहरूलाई लक्षित गरी सिँचाइ सुविधा सुधार गर्न कृषि प्रयोजनका लागि विद्युत पोल जडान गरिएको छ ।
स्थानीय कृषकहरूलाई आधुनिक र सहज सिँचाइ पहुँच सुनिश्चित गर्दै आत्मनिर्भर कृषि प्रणालीतर्फको हाम्रो प्रतिबद्धता अझ बलियो बनाइएको मेयर जैसवालले बताए ।
त्यस्तै, गरुडा–२ गेडीगुठीमा किसानहरूको सिँचाइ सुविधा विस्तार गर्न विद्युतीय पोल जडान कार्य सुरु गरिएको छ । स्थानीय आवश्यकता र किसानको मागलाई प्राथमिकता दिँदै कृषि क्षेत्रमा सुधार ल्याउने हाम्रो प्रयास निरन्तर जारी रहेको उनको भनाई छ ।
गरुडा–६ पोठियाहीमा नगर बजेट अन्तर्गत १० लाख रुपैयाँको लागतमा १०० मिटर लम्बाइ र १४ फिट चौडाइको पक्की सडक ढलान कार्य भईरहेको छ। स्थानीय पूर्वाधारको विकासमार्फत जनताको दैनिक जीवन सहज बनाउन गरुडा नगरपालिका निरन्तर क्रियाशील रहेको छ ।
त्यस्तै गरुडा– ६ पोठियाहीमा १३१ मिटर लम्बाइको नाला निर्माण कार्य भईरहेको छ। नगर स्तरीय बजेटबाट ६ लाख ७५ हजार लागतमा निर्माण हुन लागेको यो नाला स्थानीय स्तरमा सरसफाइ, ढल निकास तथा वातावरणीय सुधारमा टेवा पुर्याउने विश्वास लिएको मेयर जैसवालले बताए ।
गरुडा नगरको समुन्नत र व्यवस्थित विकासका लागि यस्ता पूर्वाधार निर्माण कार्य निरन्तर अगाडि बढाइने उनले प्रतिवद्धता जनाएका छन्।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
