Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, असार, २
हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

काठमाडौं । अग्रणी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन् २०२८ सम्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरको बजार ५०० बिलियन डलर नाघ्ने दावी गरेका छन् ।

सिलिकन भ्यालीमा आधारित कम्पनीले एआई चिपको बजार वार्षिक रूपमा ६० प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा गरेको छ । यसरी सन् २०२३ मा ४५ अर्ब डलर रहेको बजार सन् २०२८ सम्ममा बढेर ५०० अर्ब डलर पुग्ने उनको दावी छ ।

‘हामीले आज जे देखिरहेका छौं त्यसको आधारमा, म तपाईलाई भन्न सक्छु कि यो संख्या २०२८ सम्म ५०० बिलियन बराबरको कारोबार नाघ्नेछ’ सुले भने। कार्यक्रममा कम्पनीले  ‘एमआई ३५० सिरिज’ को ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र अन्य धेरै उत्पादनहरु पनि प्रस्तुत गरेको थियो ।

सुले भर्खरै ल्याएको चिप छनोट गर्नु ग्राहकका लागि फाइदाजनक हुनेसमेत बताएका छन् । । उनले यी चिप्सले प्रति डलरमा ४० प्रतिशत बढी क्षमता रहेको दाबीसमेत गरेका छन्। एनभिडिया कम्पनीको सामान्यतया ‘जिपीयु’ बजारमा स्थापित मानिन्छ र यसको चिप्सको माग पनि धेरै छ। यसको चिपको लागि प्रतिक्षा अवधि पनि रहेको हुन्छ।

एएमडी प्रमुखले भने कि सबैभन्दा ठूलो भारतीय टेलिकम कम्पनी रिलायन्स जियोसहित १० ठूला एआई ग्राहकहरू मध्ये सात कम्पनिले हाल एएमडी इन्स्टिंक्ट एक्सेलेटर प्रयोग गरिरहेका छन्। यस अवसरमा कम्पनीले डेभलपर क्लाउड एक्सेस प्रोग्राम पनि सुरु गर्‍यो, जस अन्तर्गत यसले विकासकर्ता समुदायलाई आफ्ना प्रस्तावहरूमा प्रत्यक्ष पहुँच गर्न अनुमति दिनेछ।

 

Top Changing Nepal

युट्युब सट्स