पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म
इस्लामबाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ आफ्नो राजनीतिक बयानका लागि मात्रै होइन, उनको व्यक्तिगत जीवन पनि चर्चामा रहने गरेका छन ।
उनले अहिलेसम्म चार पटक विवाह गरिसकेका छन् तर पाकिस्तानी मिडियामा उनको पाँच श्रीमती रहेको दाबी पनि गरिएको छ । उसो भए, उनका पत्निका बारेमा जानौं ।
पहिलो पत्नीः नुसरत बट
शहबाज शरीफको पहिलो विवाह सन् १९७३ मा उनकी काकाकी छोरी अर्थात बहिनी नुसरत बटसँग भएको थियो, जब उनी २२ वर्षको थिए। यस विवाहबाट उनका दुई छोरा र दुई जुम्ल्याहा छोरी छन् । यो सम्बन्ध करिब २० वर्षसम्म चल्यो र त्यसपछि सन् १९९३ मा उनीहरुको सम्बन्धविच्छेद भयो। चाखलाग्दो कुरा के छ भने शाहबाज केही वर्षअघि मनी लान्ड्रिङको मुद्दामा फसेका थिए, जसमा नुसरतको नाम पनि आएको थियो र उनी अदालतमा हाजिर हुनुसमेत परेको थियो ।
दोस्रो पत्नीः आलिया हनी
शहबाज शरीफको आलिया हनीसँगको विवाह सबैभन्दा विवादित रह्यो । सन् १९९३ मा नुसरतसँग सम्बन्धविच्छेद भएपछि उनले मोडल आलिया हनीसँग गोप्य विवाह गरेका थिए । शाहबाज त्यतिबेला पञ्जाबका मुख्यमन्त्री थिए र उनले आफ्नी श्रीमतीको घरमा सहज पहुँच पुर्याउन ‘हनी ब्रिज’ नामक पुल बनाएको आरोप लागेको थियो। तर, यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । सन् १९९९ मा जब पाकिस्तानमा विद्रोह भयो र नवाज शरीफलाई देशबाट निष्कासित गरियो । त्यसपछि शाहबाज र आलिया साउदी अरब गए तर रहस्यमय परिस्थितिमा आलियाको मृत्यु भयो।
तेस्रो श्रीमतीः नरगिस खोसा
सोही वर्ष अर्थात् १९९३ मा शाहबाजले नरगिस खोसासँग पनि विवाह गरेका थिए । नरगिस पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) का तत्कालीन महानिर्देशक तारिक खोसाकी बहिनी हुन्। शाहबाजको परिवारले यो विवाहलाई स्वीकार गर्न सकेन र अन्ततः दुवैले छुट्टिनु पर्यो ।
चौथो श्रीमतीः तेहमीना दुर्रानी
सन २००३ मा शेहबाजले पाकिस्तानी लेखिका र सामाजिक कार्यकर्ता तेहमीना दुर्रानीसँग विवाह गरे। तेहमिनाले ‘माई फ्युडल लर्ड’ नामक चर्चित पुस्तक लेखेकी छिन् । विवाहअघि दुवैजना करिब ८ वर्षसम्म सम्बन्धमा थिए । यो पनि गोप्य विवाह थियो र पछि दुबईमा आयोजित एक पार्टीमा खुलासा भएको थियो। यो विवाह अझै कायम छ र तेहमीना दुर्रानी हाल शाहबाजकी वर्तमान पत्नी हुन्। उनी स्टेट बैंक अफ पाकिस्तानका पूर्व गभर्नर उल्लाह दुर्रानीकी छोरी हुन्।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
