पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म
इस्लामबाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ आफ्नो राजनीतिक बयानका लागि मात्रै होइन, उनको व्यक्तिगत जीवन पनि चर्चामा रहने गरेका छन ।
उनले अहिलेसम्म चार पटक विवाह गरिसकेका छन् तर पाकिस्तानी मिडियामा उनको पाँच श्रीमती रहेको दाबी पनि गरिएको छ । उसो भए, उनका पत्निका बारेमा जानौं ।
पहिलो पत्नीः नुसरत बट
शहबाज शरीफको पहिलो विवाह सन् १९७३ मा उनकी काकाकी छोरी अर्थात बहिनी नुसरत बटसँग भएको थियो, जब उनी २२ वर्षको थिए। यस विवाहबाट उनका दुई छोरा र दुई जुम्ल्याहा छोरी छन् । यो सम्बन्ध करिब २० वर्षसम्म चल्यो र त्यसपछि सन् १९९३ मा उनीहरुको सम्बन्धविच्छेद भयो। चाखलाग्दो कुरा के छ भने शाहबाज केही वर्षअघि मनी लान्ड्रिङको मुद्दामा फसेका थिए, जसमा नुसरतको नाम पनि आएको थियो र उनी अदालतमा हाजिर हुनुसमेत परेको थियो ।
दोस्रो पत्नीः आलिया हनी
शहबाज शरीफको आलिया हनीसँगको विवाह सबैभन्दा विवादित रह्यो । सन् १९९३ मा नुसरतसँग सम्बन्धविच्छेद भएपछि उनले मोडल आलिया हनीसँग गोप्य विवाह गरेका थिए । शाहबाज त्यतिबेला पञ्जाबका मुख्यमन्त्री थिए र उनले आफ्नी श्रीमतीको घरमा सहज पहुँच पुर्याउन ‘हनी ब्रिज’ नामक पुल बनाएको आरोप लागेको थियो। तर, यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । सन् १९९९ मा जब पाकिस्तानमा विद्रोह भयो र नवाज शरीफलाई देशबाट निष्कासित गरियो । त्यसपछि शाहबाज र आलिया साउदी अरब गए तर रहस्यमय परिस्थितिमा आलियाको मृत्यु भयो।
तेस्रो श्रीमतीः नरगिस खोसा
सोही वर्ष अर्थात् १९९३ मा शाहबाजले नरगिस खोसासँग पनि विवाह गरेका थिए । नरगिस पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) का तत्कालीन महानिर्देशक तारिक खोसाकी बहिनी हुन्। शाहबाजको परिवारले यो विवाहलाई स्वीकार गर्न सकेन र अन्ततः दुवैले छुट्टिनु पर्यो ।
चौथो श्रीमतीः तेहमीना दुर्रानी
सन २००३ मा शेहबाजले पाकिस्तानी लेखिका र सामाजिक कार्यकर्ता तेहमीना दुर्रानीसँग विवाह गरे। तेहमिनाले ‘माई फ्युडल लर्ड’ नामक चर्चित पुस्तक लेखेकी छिन् । विवाहअघि दुवैजना करिब ८ वर्षसम्म सम्बन्धमा थिए । यो पनि गोप्य विवाह थियो र पछि दुबईमा आयोजित एक पार्टीमा खुलासा भएको थियो। यो विवाह अझै कायम छ र तेहमीना दुर्रानी हाल शाहबाजकी वर्तमान पत्नी हुन्। उनी स्टेट बैंक अफ पाकिस्तानका पूर्व गभर्नर उल्लाह दुर्रानीकी छोरी हुन्।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

