देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध, ६ एकतर्फी संचालनमा
काठमाडौं । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान १०:२० बजेसम्मको अपडेट अनुसार हाल देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने ६ सडक एकतर्फी संचालनमा रहेका छन् ।
हाल सिन्धुपाल्चोकको भोटेकोशीस्थित लार्चामा पहिरो जादा अरनिको राजमार्ग पुर्णरुपमा अवरुद्ध रहेको छ । त्यस्तै नवलपरासी ९बर्दघाट सुस्ता पुर्व० को विनयी खोलाको डाइभर्सन बाढीले बगाउदा सडक दुई तर्फी अवरुद्ध भएको छ । त्यसैगरी नवलपरासी ९बर्दघाट सुस्ता पुर्व० को बुलिनटार-१ बतासे डाँडामा पहिरोले कालिगण्डकी कोरिडोर पूर्ण रुपमा अवरुद्ध रहेको छ । त्यस्तै पहिरोले दाङको तुलसीपुरस्थित दाङ सल्यान सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ भने सल्यानको कपुरबोट(३ स्थित राप्ति राजमार्ग पनि पूर्ण रुपमा अवरुद्द रहेको छ ।
त्यसैगरी त्यसैगरी डोल्पाको त्रिपुरासुन्दरी-१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर एकतर्फी संचालनमा आएको छ भने जुम्लाको जुम्ला मुगु सडक खण्ड पहिरोका कारण एकतर्फी संचालनमा रहेका छन् । त्यस्तै गुल्मीको कालिगण्डकी कोरिडोर, म्याग्दीको बेनी-जोमसोम सडक, मकवानपुरको त्रिभुवन राजपथ र धनकुटाको रवि राके भेडेटार सडक एकतर्फी संचालन रहेको छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

