जुकरबर्ग र बेजोसलाई पछि पार्दै ल्यारी एलिसन बने दोस्रो धनी व्यक्ति
काठमाडौं । विश्वका धनीहरूको सूचीमा ठूलो परिवर्तन आएको छ । ओरेकलका सह-संस्थापक ल्यारी एलिसनले जेफ बेजोस र मार्क जुकरबर्गलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् ।
उनको कम्पनीको शेयरमा तीव्र वृद्धि भएपछि उनी विश्वको धनीको सुचीमा दोस्रो स्थानमा आएका हुन् । यसले उनको सम्पत्तिमा ४० मिलियन डलरले वृद्धि भएको छ । फोर्ब्सको रिपोर्ट अनुसार, ल्यारी एलिसनको सम्पत्ति हाल २४७.९ अर्ब डलर पुगेको छ । उनी अब टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्कभन्दा मात्र पछि छन् । मस्कको सम्पत्ति ४०९ अर्ब डलर छ ।
यो परिवर्तन ओरेकलको क्लाउड कम्प्युटिङ व्यवसायको सफलताका कारण आएको हो । ओरेकलको राम्रो नतिजाका कारण कम्पनीको शेयर तीव्र गतिमा बढेको छ । एलिसनको कम्पनीको लगभग ४१ प्रतिशत शेयर छ । यसले एकै दिनमा उनको सम्पत्तिमा २५ अर्ब डलरले वृद्धि भएको थियो । त्यसको लगत्तै, उनको सम्पत्तिमा १६ अर्ब डलरले वृद्धि भयो । अर्कोतर्फ, मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति २३५.६ अर्ब डलर छ भने अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति २२४.६ अर्ब डलर रहेको छ ।
ल्यारी एलिसन ८० वर्षका छन् । उनले १९७७ मा ओरेकल कम्पनी सुरु गरेका थिए । यो कम्पनीले डाटाबेस सफ्टवेयर बनाउने गर्दथ्यो। बिस्तारै यो कम्पनी क्लाउड कम्प्युटिङको संसारमा ठूलो कम्पनी बन्यो । एलिसन प्रायः विश्वका १० धनी व्यक्तिहरूको सूचीमा समावेश हुन्छन् । एलिसन आफ्नो बलियो व्यक्तित्व र विलासी जीवनशैलीका लागि परिचित छन् । २०१२ मा, उनले हवाईको छैटौं ठूलो टापु लानाईको ९८ प्रतिशत हिस्सा लगभग ३०० मिलियन डलरमा किनेका थिए । दुनियाका सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक भए पनि, एलिसनले धेरै वर्षसम्म केवल एक डलरको आधार तलब लिएका थिए ।
एलिसनले एलन मस्कसँग पनि नजिक छन् र टेस्लामा ठूलो लगानीकर्ता पनि हुन् । एलिसनले धेरै पटक मस्कको बचाउ पनि गर्ने गरेका छन् । उनको व्यवहारको आलोचनाको बाबजुद पनि उनी मस्कको साथमा उभिने गरेका छन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
