वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले बेगनासतालको रमणिय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १०% छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता–पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक श्री प्रकाश पौडेल को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


