• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १३ घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १६ घण्टा 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १९ घण्टा 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १९ घण्टा 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ८. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ९. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • १०. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

२३ दिनमै ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअप फोटोन टुनल्याण्ड जी७ अब नेपालमा

जानकारी केन्द्र २०८२, असार, ९

काठमाडौं ।  नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जी७ लाई पुलचोकस्थित ‘द प्लाजा’ मा औपचारिक रूपमा सार्वजनिक गरिएको बताइएको छ।

कम्पनीका अनुसार, यसअघि नै टुनल्यान्ड जी७ ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ-रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ। नेपालमा डेब्यु गर्नु अघि यो गाडी १५,००० किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो।

आईतवार सम्पन्न भएको भव्य सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले संयुक्त रूपमा सो गाडी सार्वजनिक गरे ।

सार्वजनिक कार्यक्रममा बोल्दै श्री विवेक सिकारियाले भने, “नेपालका आफ्नै चुनौतीहरू हुँदाहुँदै पनि हामीले फोटोनसँग सहकार्य गर्ने निर्णय गर्यौं र म गर्वका साथ भन्न सक्छु कि आज त्यो विश्वास सार्थक भएको छ। पछिल्ला पाँच, छ वर्षमा हामीले नेपालमा १५०० भन्दा बढी फोटोन सवारी साधन बिक्री गरिसकेका छौं, जसमा ५०० भन्दा बढी पिकअपहरू पर्छन्।” उनले थप जोड दिँदै भने, “आफ्टर सेल्स सर्भिस र स्पेयर पार्ट्सको मामलामा हामीले कुनै कसर बाँकी राखेका छैनौं। रोकथाम मेनटेनेन्सदेखि एक्सिडेन्टल मर्मतसम्म, जी७ को मर्मत खर्च बजारका अन्य विकल्पहरूभन्दा २०% कम छ।”

कार्यक्रमपछि टुनल्यान्ड जी७ पहिल्यै बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो।

फोटोन टुनल्यान्ड जी७ : बिल्ट फर हिमालय
चीनमा अटोनोमस व्यवसायिक सवारी साधन सार्वजनिक गर्ने पहिलो ब्रान्डको रूपमा फोटोनको गौरवशाली इतिहास रहेको छ र आज पनि कम्पनी अत्याधुनिक डिजाइनमा अगाडि रहँदै आएको बताइएको छ। टुनल्यान्ड जी७ त्यहि इनोभेसनको सजीव प्रमाण भएको जनाइएको छ।

यो गाडी बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको लागि बनाइएको हो। १६० एचपी पावर र ३९० एनएम टर्कसहित जी७ ले नेपालको सबै भूभागमा अद्वितीय प्रदर्शन दिन्छ। २२५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली बाटाहरूलाई आत्मविश्वासका साथ पार गर्न सक्छ। हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोलले चढाइ र ओर्लाइ दुवैलाई सुरक्षित बनाउँछ र पुश-स्टार्ट इञ्जिन बटन सजिलै पहुँचयोग्य हुनेगरी औंलामै राखिएको छ।

तर, बलियो प्रदर्शन मात्र होइन, यो गाडीमा आराम पनि कम छैन। भित्री भागमा १२.३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ जसले नेभिगेसन र मनोरञ्जनको आवश्यकता पूरा गर्छ। तातो र चिसो हुने, १२ तरिकाले एडजस्ट गर्न सकिने इलेक्ट्रिक सिटहरू छन् जसले चालक र यात्रुलाई मौसमअनुकूल आरामदायी अनुभव दिन्छ। प्यानोरामिक सनरूफले आकासलाई नजिक ल्याउँछ, जसले शक्तिशाली गाडीभित्रको सौन्दर्य र खुलापनको अनुभूति दिलाउँछ। साथै, अटोमेटिक एयर कन्डिसनिङले जस्तोसुकै मौसममा पनि यात्रालाई सहज बनाउँछ।

कम्पनीका अनुसार, यो गाडी केवल नेपालको अटो बजारमा अर्को सवारी थपिएको होइन,यो त नेपालकै लागि डिजाइन गरिएको साथै यो नयाँ पुस्ताको पिकअप गाडी घाम उदाएसँगै उठेर हिमालका उचाइहरूलाई साहस र सौम्यतासाथ पार गर्ने नेपालीहरूको परिश्रमी भावनाको उत्सव हो।

चाहे भरपर्दो र शक्तिशाली सवारीको आवश्यकता भएका साना व्यवसायी हुन् वा विकेन्डमा पहाडमा घुम्ने सपना देख्ने परिवार हुन्, टुनल्यान्ड जी७ सबैको आवश्यकता पुरा गर्न सक्षम रहनुका साथै कठोर अफ-रोड परिस्थितिमा १५ हजार  किलोमिटरको परीक्षणपछि र विश्वकै पहिलो पिकअपको रूपमा २३ दिनमै आठवटा सबैभन्दा चुनौतीपूर्ण ट्रेलहरू पार गरी, जी७ ले आफूलाई सहनशीलता र क्षमताको प्रतीकको रूपमा प्रमाणित गरेको कम्पनीले जनाइएको छ।

फोटोन टुनल्यान्ड जी७ तीन भेरिएन्टमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य एलिटका लागि ५१ लाख ९९ हजार, लक्जरीका लागि ६५ लाख ४० हजार र फ्ल्यागशिप मोडलका लागि ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।

टुनल्यान्ड जी७ २.० लिटर डिजेल फोर बाई टु एमटी कम्फर्ट र २.० लिटर डिजेल फोर बाई फोर कम्फर्ट गरि दुई अप्सनमा उपलब्ध छ । दुवैमा उच्च टर्क र इन्धन दक्षताका लागि चिनिएको बलियो २.० लिटर डिजेल इन्जिन छ। यसका मुख्य फिचरहरूमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक सामेल छन्। टुनल्यान्ड जी७ ले बलियो प्रदर्शन र परिष्कृत डिजाइनलाई संयोजन गर्दै चुनौतिपूर्ण अफ-रोड र आरामदायी शहरी यात्रा दुवैमा उपयुक्त अनुभव दिन्छ।

एमएडब्लू वृद्धि कमर्सियलको बारेमा
नेपालको व्यावसायिक सवारी साधन क्षेत्रका प्रमुख खेलाडीहरूमध्ये एक, एमएडब्लू वृद्धि कमर्सियल भेइकल प्रा.लि.ले बलियो, भरपर्दो र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको बताइएको छ। कम्पनीका अनुसार, नेपालका लागि फोटोन सवारी साधनको आधिकारिक वितरकको रूपमा यसले विश्वस्तरको प्रविधि र इन्जिनियरिङ ल्याएर नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ। ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा विशेष ध्यान दिँदै एमएडब्लू वृद्धिले नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनको गति अघि बढाइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

ताजा

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.