असार मसान्तमा दुई करोडसम्मका ऋणीलाई राहत, राष्ट्र बैंकको नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक पुनरुत्थानको मार्ग सहज बनाउँदै असार मसान्तको मुखैमा दुई करोडसम्मका ऋणीहरूलाई कर्जामा हदैसम्मको राहत प्रदान गर्ने निर्णय गरेको छ। असार ९ गते सोमबार जारी गरिएको परिपत्ररमार्फत राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८१’ संशोधन गर्दै यो महत्वपूर्ण व्यवस्था सार्वजनिक गरेको हो।
सो परिपत्ररअनुसार, रु दुई करोडसम्मका कृषि, ऊर्जा, लघु, घरेलु तथा साना उद्यममा प्रवाहित कर्जालाई पुनरसंरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ। यस्तो व्यवस्था ऋणीको व्यावसायिक योजना तथा नगद प्रवाह विश्लेषणका आधारमा हुनेछ, जसमा कम्तीमा १० प्रतिशत ब्याज असुल भइसकेपछि मात्र प्रक्रिया अघि बढ्न सक्नेछ ।
यो पुनरसंरचना वा पुनर्तालिकीकरण कार्य २०८२ असोज मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ । पुनरसंरचना गरिएका कर्जालाई २०८१ पुस मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो, त्यही वर्गमा कायम गर्नुपर्ने र पहिलेको कर्जा नोक्सानी व्यवस्था रकम फिर्ता गर्न पाइने छैन ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


